सिटीको मैदानमा अग्युरोको सालिक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो ।यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।अग्युरोले यसै सिजन खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए । 

सम्बन्धित सामग्री

विराटनगरमा पेलेको सालिक

विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापना गरेको छ ।

नेपाल–अंग्रेज युद्ध अब संग्रहालयमा [तस्बिरहरु]

संग्रहालयको प्रवेशद्वारमा तोपगोलासहित बसेका सैनिक । प्राङ्गणमा सेनाको चहलपहल । राष्ट्रिय झण्डा फहराएर सलामी अर्पण गरेका सेना प्रतिक । पूर्वपट्टी वीर योद्धाहरु घरेलु हतियार सहित लडाइँको मैदानमा रहेको भान हुने प्रतिमूर्ति । नजिकै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक । ऐतिहासिक सिन्धुलीगढीमा भएको यतिखेरको परिदृश्य हो यो ।