चीनबाट अझै आइपुगेन दसैँ/तिहारलाई सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ/तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताए । नेपाल–

सम्बन्धित सामग्री

हिल्सा नाकामा व्यापार व्यवसाय सहज नभएको व्यवसायीको गुनासो

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसाय गर्दै आएका नेपालीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन्। चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लिन नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउन दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन्। हिल्साका व्यापारी कार्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय […]

खपत घट्दा स्याउ आयातमा १० प्रतिशत कमी, व्यापारी भन्छन्- विक्री ह्वात्तै घट्यो

काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष (आव)को ८ महीनामा स्याउ (Apple) आयात (Import) १० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि फागुनसम्ममा नेपालमा ५ करोड ७१ लाख २६ हजार ५ किलोग्राम स्याउ भित्रिएको छ । गत आवको सोही अवधिमा भने नेपालले ६ करोड ३६ लाख १८ हजार ४८५ किलोग्राम बराबरको स्याउ आयात गरेको थियो ।  विभागका अनुसार चालू आवको समीक्षा अवधिमा स्याउ आयातबाट ४ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ । गत आवको सोही अवधिमा भने यो रकम ७ अर्ब १५ करोड ८८ लाख रुपैयाँ थियो ।  कुलेश्वर फलफूल बजारका व्यवसायी अमर बानियाँ स्याउको खपत घटेकाले आयात घटेको बताउँछन् । उनका अनुसार यो वर्ष स्याउको खपत ४० प्रतिशत घटेको छ । ‘अघिल्ला वर्षमा साइकलमा फलफूल बेच्नेहरू घरघरै पुगेर बेच्थे । अहिले त्यसरी बेच्नेहरू छैनन्,’ उनले स्याउको विक्री घट्नुको कारण खुलाए ।  काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan)ले सडक किनारमा साइकल–ठेला राखेर फलफूललगायत सामान बेच्न प्रतिबन्ध लगाएपछि स्याउको विक्री घटेको व्यापारी बताउँछन् ।  कालिमाटीमा किराना सामानसँगै फलफूल (Fruits) बेच्दै आएका कमल बस्नेत पनि अहिले स्याउको व्यापार ह्वात्तै घटेको बताउँछन् । गत वर्ष दैनिक २०–३० किलो स्याउ विक्री गर्ने उनी अहिले दैनिक १० किलो स्याउ बेच्न मुश्किल रहेको बताउँछन् ।  खपत घट्दा मूल्य बढ्यो ! व्यापारीले स्याउको खपत घटेको बताइरहँदा यसको मूल्य (Price) भने बढेको छ । अर्थशास्त्रको सिद्धान्त अनुसार यो विपरीत असर हो । यो सिद्धान्त अनुसार खपत घट्दा मूल्य पनि घट्छ ।  गत वर्ष होलसेलमा प्रतिकिलो १००–११० रुपैयाँमा पाइने गरेको स्याउ यो वर्ष प्रतिकिलो १६० रुपैयाँ पुगेको छ । होलसेलसँगै स्याउको खुद्रामूल्य पनि बढेको छ । गत वर्ष प्रतिकिलो १४० रुपैयाँ रहेको स्याउ अहिले १५०–१८० रुपैयाँसम्म पर्ने गरेको छ । गत वर्ष प्रतिकिलो २४० रुपैयाँ रहेको फुजी स्याउ अहिले ६० रुपैयाँसम्म बढेको छ ।  खपत घटेपछि स्याउ स्टोरमा थन्किएको कुलेश्वर फलफूल बजारका व्यवसायी बानियाँ बताउँछन् ।  कुन देशबाट कति आयात ?  नेपालले भारत (India), चीन (China), अमेरिका (America)लगायत देशबाट स्याउ आयात गर्ने गरेको छ । चालू आवको समीक्षा अवधिमा नेपालमा चीनबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार समीक्षा अवधिमा चीनबाट २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरको २ करोड ७७ लाख ३०१ किलोग्राम स्याउ आयात भएको छ । यस्तै, भारतबाट १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ९३ लाख ७० हजार १२४ किलोग्राम स्याउ भित्रिएको छ ।  यस्तै स्विट्जरल्याण्डबाट २७ लाख रुपैयाँ बराबरको ३५ हजार किलोग्राम र संयुक्त राज्य अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ बराबरको २० हजार ५८० किलोग्राम स्याउ आयात भएको छ ।

यारी नाका भन्सारका कर्मचारी उधारोमा सामान आयात गराउन बाध्य – देशसञ्चार

सिमकोट – यारी नाका भन्सार कार्यालयका कर्मचारीलाई केही दिनअघि चीनबाट आयात भएको व्यापारी प्रयोजनको सामानको भन्सार महसुुल उधारोमा राख्नुुपर्ने बाध्यता

चीनबाट आयातित सामान वैशाखअगाडि ल्याउन नसकिने – देशसञ्चार

सिमकोट – चीनले एकतर्फी नाका खुलाएर हिल्सामा आयात भएको व्यापारी प्रयोजनको सामान हिल्सामै रोकिएपछि वैशाखअगाडि ल्याउन नसकिने भएको छ। सामान हिल्साको

तातोपानी नाका खुले पनि दसैँका सामान आयात कठिन

दसैँका लागि चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी अहिले दुःखित छन् । सामान ढिला आउँदा ‘फेसन र सिजन अफ’ हुन्छ । पार्किङ र क्यारिङ चार्ज बढी लाग्छ । समय बितेपछि सामान बिक्री नहुने...

चीनसँगको व्यापार : बिचौलिया सलबलाउँदै, व्यापारी मारमा

काठमाडौं । चीनसँगको व्यापारिक सम्बन्ध त्यति उत्साहजनक नदेखिरहेको बेला कोभिडको कारण देखाउँदै चीनले गरेको कडाइका कारण बिचौलियाको बिगबिगी झनै बढेको छ । चीनबाट नेपाली व्यापारीले रसुवागढी नाका हुँदै सामान ल्याउन खोज्दा चिनियाँ सरकारी अधिकारीसँगको मिलेमतोमा चिनियाँ मालवाहक सवारी दुवानी कम्पनीका प्रतिनिधिहरूले मनलाग्दी दुवानी खर्च उठाउन थालेका छन् । यही कारण चीनबाट सामान ल्याउन नसकिएको व्यापारीहरूको भनाइ छ । कोरोनालाई कारण देखाउँदै चिनियाँ पक्षले एकदमै कम अर्थात् दैनिक सातओटा कन्टेनर मात्रै नेपालतर्फ पठाइरहेको छ । ढुवानीमा चिनियाँ पक्षले अनावश्यक बार्गेनिङ बढाएका छन् । यसले केरुङसम्मको भाडा बढी तिर्छ उसैको लोड गरिदिने गरेको व्यापारीहरूको भनाइ छ । विगत लामो समयदेखि चीनबाट सामान आयात गर्दै आएका पीएनपी इन्टरप्राइजेजका प्रोपाइटर एवं नेपाल चेम्बर अफ कमर्शका कर राजस्व तथा भन्सार समितिका सभापति प्रभु अधिकारीका अनुसार अहिले चीनबाट सामान ल्याउँदा ढुवानीमा चिनियाँ पक्षको बार्गेनिङ अनपेक्षित रूपमै बढाउँदा कठिन भएको बताउँछन् । उनका अनुसार कोरोना शुरुआतदेखि नै केरूङ ‘जिलोङ पोर्ट हुँदै रसुवा नाकाबाट मालसामान आयात गर्न निकै कठिनाइ भइरहेको छ । एकातिर महँगो ढुवानी शुल्क तिर्नुपरेको छ भने अर्कातिर मालसामान पनि हराउने गरेको छ । नेपाली कामदार लगेर सामान लोड गर्न नदिने चिनियाँ पक्षको कडाइले सामान चोरी बढेको हो । ‘चीनको कुनै पनि प्रान्तबाट लोड भएर हिडेको सामान १५–२० दिनभित्र चीनको भन्सार बिन्दु केरुङमा आइपुग्छ तर केरुङ जिलोङ पोर्टदेखि रसुवा भन्सार बिन्दुसम्म जम्मा २८ किलो मीटर दूरी पार गर्न ६ महीना कुर्नुपरेको छ, चीनमा किनेको सामान नेपाल प्रवेश गर्न सक्दैनन्,’ अधिकारीले भने । चिनियाँ ढुवानी व्यवसायी तथा चिनियाँ सरकारी कर्मचारीहरूको मिलोमतोमा यस्तो समस्या उत्पन्न हुने बिचौलिया प्रवृत्ति नै भएको अधिकारीको बुझाइ रहेको छ । नेपाली व्यापारीहरूका अनुसार अहिले जाडोको सामान चीनबाट झन्डै दैनिक २५ भन्दा पनि बढी कन्टेनर केरुङ नाकाका लागि हिँड्ने गरेका छन् । तर, चीन सरकारले कोभिडको कारण देखाएर दैनिक सातओटा कन्टेनर मात्र छोडिदिँदा बिचौलिया सलबलाएका हुन् । नेपाली व्यापारीहरूका अनुसार नेपाल सरकारले नै कूटनीतिक रूपमा पहल गरी चीनसँगको व्यापारमा देखिएका समस्या समाधानमा ध्यान दिनुपर्नेमा चासो नै देखाएको छैन । ढुवानी कति बढ्यो ? कोभिडभन्दा अघि ६८ सीबीएम क्षमता भएको ५ हजार चिनियाँ युआन (नेरू १ लाख लागत पर्ने कन्टेनरको भाडा अहिले चिनियाँ युआन ६० हजार (नेरू १ लाख २० हजारदेखि माथि) लिने गरेका छन् भने चीनको कुनै प्रान्तदेखि केरुङ नाकासम्मको ढुवानी शुल्क प्रतिसीबीएम चिनियाँ युआन ५६० (ने रू. ११ हजार २००) अथवा प्रतिकिलो (ने रू. ६०) को दरले मालसामान केरुङ आइपुग्नु अगावै तिरिसकेका हुन्छन् । ढुवानीमा बिचौलिया हाबी हुँदा सामान समयमा नआउने समस्याका साथै मुल्यवृद्धिसमेत चर्को बढ्न थालेको व्यापारीहरूको भनाइ छ ।

तातोपानी नाकाबाट चिनियाँ सामान नेपाल भित्रिने क्रम 'बढ्यो' - BBC News नेपाली

तातोपानी नाका हुँदै चीनबाट सामान आपूर्ति हुने क्रम बढेको नेपाली अधिकारीहरूले बढाएका छन्। तर व्यापारी भने सडक निर्माण नभएसम्म व्यावसायिक पाटोमा परेको असर कम नहुने बताउँछन्।

नाकाको अवरोधले व्यापारी मर्कामा, दसैँका लागि मगाएको सामान ६ महिनामा पनि आएन

चालु आर्थिक वर्षको पहिलो २ महिनामा चीनबाट जम्मा ४२ अर्ब रुपैयाँको सामान आएको छ । यो समयमा आयात भएको जम्मा कारोबारको १३ प्रतिशत मात्रै हो । यो समयमा विश्वभरबाट नेपालमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन

सिन्धुपाल्चोक : गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने  भएको छ।चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनियर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गारो उठाइएको छ। नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश

उधारोमा भन्सार महसुल

यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारी सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण भन्सारका कर्मचारीले आयात भएको सामान विवरण तयार गरे पनि महसुल उधारोमै राख्नुपरेको हो ।