सिन्धुपाल्चोक : गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ। महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ।चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनियर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गारो उठाइएको छ। नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश