दसैंलाई उपत्यकामा ५० हजार खसीबोका

आउँदो दसैंलाई लक्षित गरेर उपत्यका ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा बजारमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन लागेका हुन् ।दसैंमा […]

सम्बन्धित सामग्री

दसैंलाई उपत्यकामा ५० हजार खसीबोका

दसैं नजिकिँदै जाँदा उपत्यकामा खसीबोका ल्याएर बिक्री वितरण सुरु भएको छ।

दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।

दशैँका लागि काठमाडौँमा च्याङ्ग्रा नआउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि च्याङ्ग्रा नल्याउने भएको छ । हरेक वर्ष काठमडौँ उपत्यकामा खपत गराउन च्याङ्ग्रा ल्याउँदै आएको कम्पनीले यसवर्ष भने नल्याउने भएको हो ।कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालका अनुसार हिमाली जिल्लामै च्याङ्ग्रा महँगो पर्ने भएकाले काठमाडौँ नल्याउने निर्णय गरिएको हो । कोरोनाका कारण यसवर्ष चिनियाँ च्याङग्रा नआउँद्या स्वदेशी च्याङ्ग्रा महँगो भएको कम्पनीको अनुमान छ ।तिब्बतबाट च्याङ्ग्रा नआउँदा मनाङ र मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य बढेका कारण किन्न नसकिएको कम्पनीले जनाएको छ । मुस्ताङमा अहिलेको च्याङ्ग्राको मासु प्रतिकिलो १ हजारभन्दा बढी छ । यसअघि खसीबोका २  हजार र च्याङग्रा १ हजार ल्याउने निर्णय गरेको गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब २ हजार खसीबोका मात्रै ल्याउनेछ । मूल्य वृद्धि रोक्न मात्रै खाद्यले खसीबोक ल्याउने गरेको हो । दशैँमा काठमाडौँमा ५० हजार खसीबोका खपत हुने गर्छन् ।

उपत्यकामा ५० हजार खसीबोका खपत - Karobar National Economic Daily

यसपालिको दसैंमा उपत्यकामा ४० देखि ५० हजारको संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ । दसैंमा सबैले अनिवार्य रूपमा माछामासु उपभोग गर्ने हुँदा खपत बढ्छ । दसैं नजिकिँदै गर्दा बजारमा…