असोज महिनाको पूर्वसन्ध्यामा आइपुग्दा दशैं विषेश तयारीहरू शुरू भएको छ ।
सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्दैछ भने निजी क्षेत्रले पनि सोही अनुसारको तयारी शुरू गरेको छ ।
यसैबीचमा सरकार तथा निजी व्यवसायीहरूले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरी खसीबोका तथा च्यांग्रा ल्याउने तयारी गरेका छन् ।
हरेक वर्षको दशैंमा काठमाडौं उपत्यकामा ५० हजार खसीबोका काटिने गरेको सरकारी तथ्यांक छ ।
दशैंमा विशेष गरी मासुजन्य खानेकुरा बढी रुचाइने हुँदा यसको माग पनि बढ्दै गएको पशु सेवा विभागले जनाए...