काठमाण्डाै नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट सङ्क्रमित र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त सङ्क्रमितका आफन्तले यस महामारीविरुद्धका विभिन्न खाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् । यसै सन्दर्भमा हामीले कोभिड-१९ सङ्क्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमूलक सामग्री तयार पारेका छौँ । काेभिशिल्ड खोपको दोस्रो डोज लगाउन वैशाख ८ गते काठमाण्डाैकाे सिभिल...