आइसिसी विश्वकप लिग-२ को अभियानमा रहेको नेपालले सोमबार नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो एकदिवसीय खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेर पहिले बलिङ गर्दै छ।आज नेपाली राष्ट्रिय टिमबाट बसिर अहमदले एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन्। बसिर एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ३३ औं खेलाडी हुन्।अयरमा टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेपछि नेपालले शुरुआतमा बलिङ गर्दै छ। नेपाल प्रतियोगितामा सुखद शुरुवातको पर्खाइमा रहेको छ। सिरिजको पहिलो खेलमा