काठमाडौँ – केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआति–११ मा विकेटकिपर अर्जुन साउँद परेसँगै उनले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन्। यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन भएका छन्। […]