युटयुबले ट्रम्पलाई नयाँ भिडियो अपलोड गर्न प्रतिबन्ध लगायो

युटयुबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ भिडियो अपलोड गर्न रोक लगाएको छ। राष्ट्रपति ट्रम्पको आधिकारिक युटयुब च्यानलबाट युट्युबले भिडियो हटाउँदै नयाँ भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको जनाएको हो। गुगलको स्वामित्वमा रहेको युटयुबले अमेरिकामा हिसां फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै ट्रम्पलाई भिडियो राख्न रोकिएको जनाइएको छ। सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै ट्रम्पको भिडियोहरुमा…

सम्बन्धित सामग्री

केदारनाथ मन्दिर परिसरमा मोबाइलबाट फोटो खिच्न र भिडियो बनाउन निषेध

केदारनाथ मन्दिर परिसरमा मोबाइल फोनबाट फोटो खिच्न प्रतिबन्ध लगाइएको छ । बद्रीनाथ-केदारनाथ मन्दिर समितिले विभिन्न ठाउँमा यस सम्बन्धमा विभिन्न साइन बोर्डहरू पनि लगाएको छ। हालै केदारनाथ मन्दिरका यस्ता धेरै भिडियो भाइरल भएका छन्, जसलाई लिएर विवाद भएको छ । अब केदारनाथ मन्दिरमा मोबाइल फोन लिएर प्रवेश गर्न, फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध लगाइएको छ […]

सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।...

प्रतिनिधिसभाले लगायो अमेरिकी सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध

अमेरिकाको प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्यहरुबाट संचालित उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो एपमाथि सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि नै प्रतिनिधिसभाले सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध लगाएको हो । प्रतिनिधिसभाका मुख्य प्रशासनिक अधिकारीले एक मेमोमा उच्च जोखिम सुरक्षा चिन्ताहरू उल्लेख गर्दै मंगलबार सांसदहरू र कर्मचारीहरूलाई सरकारी उपकरणहरूबाट […]

‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ । बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् । यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, […]

पाकिस्तानमा पवजीलगायतका खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस

लाहोर । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति […]

पाकिस्तानमा खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरिने

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ।...

पाकिस्तानमा खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरिने

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्ण...

चीनमा बालबालिकालाई दैनिक १ घण्टाभन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा भने प्रतिबन्ध लगाइएको छ । चीनको राष्ट्रिय प्रकाशन प्रशासनले सोमबार प्रकाशित गरेको नियम अनुशार यसरी सातामा बालबालिकाहरुले बढीमा ३ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने […]

पाकिस्तानमा चौथो पटक टिकटकमाथि प्रतिबन्ध

एजेन्सी। पाकिस्तानले चिनियाँ कम्पनी ‘बाइट डान्स’को उत्पादन टिकटकलाई चौथो पटक प्रतिबन्ध लगाएको छ। सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटकले अश्लील सामाग्री फैलाएको भन्दै प्रतिबन्ध लगाइएको हो। बुधबार पाकिस्तानको दूरसञ्चार प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यसअघि पछिल्लो पटक अक्टोबर २०२० मा पनि टिकटकलाई पाकिस्तानले प्रतिबन्ध लगाएको थियो। पाकिस्तानमा टिकटक ३ करोडभन्दा धेरै पटक डाउनलोड गरिएको छ।

भारतले छिट्टै प्रतिबन्ध हटाउनेमा टीकटक विश्वस्त

एजेन्सी। भारतले टीकटकमाथि लगाएको प्रतिबन्ध छिट्टै हटाउने विश्वास टीकटकले व्यक्त गरेको छ। भारत र चीनबीच सीमा विवाद बढेपछि सन्२०२० जुन २९का दिन भारतले चर्चित चिनियाँ छोटो भिडियो एप टीकटकमाथि प्रतिबन्ध लगाएको थियो। भारत सरकारको नयाँ आइटी नियम पालना गर्ने जनाएपछि टीकटकमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढेको जनाइएको छ। यसको लागि टीकटकका प्रतिनिधिले निरन्तर भारतको आइटी मन्त्रालयका पदाधिकारीसँग छलफल गरिरहेका छन्।