पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ ।
पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ ।
प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्ण...