काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी यतिबेला निजी कारणले चर्चामा छिन् । पति आशिष गेलालका तस्वीर सामाजिक सञ्जालबाट हटाएकोदेखि अनफलो गरेसम्मको गसिपले उनलाई पछ्याइरहेको छ । गेलालसँगको वैवाहिक सम्बन्ध ठीकठाक नरहेको चर्चाका बीच वर्षा केही समययता मौनजस्तै छिन् । बरु चुनावमा घण्टी उम्मेदवारलाई भोट मागेकोजस्ता समाचारले उनी चर्चामा छिन् । मिडियामा समेत वैवाहिक जीवन अस्थिर बनेको […]