काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि करिब ३ हजार खसीबोका र च्याङ्गा ल्याउने भएको छ। कम्पनीले यस वर्ष २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले थाहा खबरलाई जानकारी दिइन्।खसीबोका र च्याङ्ग्राको बिक्री भने घटस्थापनाको भोलिपल्टदेखि गर्ने उनले बताइन्। त्यसका लागि एक दुई दिन अगाडि नै खसी बोका काठमाडौं ल्याइने तयारी थालिसकेको छ। तयारीस्वरूप खाद्यले बजारमा खसी–बोकाको खोजी गर्न र मोलमोलाई हेर्न सम