दाङबाट ७ सय खसीबोका काठमाडौँ पठाइने

तुलसीपुर : प्रत्येक वर्षझैँ योपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले दशैँका लागि आइतबारदेखि खसीबोका खरिद गरेको छ। कार्यालयले यो वर्ष जिल्लाबाट सात सय खसीबोका खरिद गरेर काठमाडौँ पठाउने भएको छ।कार्यालयले खरिद गर्न थालेपछि बाख्रा पालन गरेका किसान खुशी भएका छन्। बजार मूल्यभन्दा बढी र नगद पाइने भएकाले मागभन्दा बढी किसानले नाम टिपाएका थिए।बिहान ११ बजेदेखि कार्यालयले खसीबोका खरिद गर्ने समय तोकेको थियो। किसान भने बिहानै खसीबोका लिएर कार्यालय आइपुगेका थिए। खसीबोका ब

सम्बन्धित सामग्री

मकवानपुरबाट काठमाडौं पठाइँदै एक हजार खसीबोका

हेटौंडा । कोरोना कहर केही साम्य भएको अवस्थामा मकवानपुरका विभिन्न स्थानका किसानले उत्पादन गरेका करिब एक हजार खसीबोका यस वर्षको दशैंमा काठमाडौं पठाइने भएको छ । यस वर्ष खाद्य संस्थानले दशैंमा करिब एक हजार खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्य राखेको हो । मकवानपुरमा एक सयभन्दा बढी व्यावसायिक बाख्रा फार्म छन् । ती फार्ममा ३ लाख […]

दाङबाट ६०० खसीबोका काठमाडौं पठाउने तयारी

दाङ : यस वर्षको दशैंका लागि दाङबाट ६०० वटा खसीबोका काठमाडौं पठाउने तयारी भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीलेका अनुसार मूल्य निर्धारण गर्न पत्र आइसकेको बताए। प्रमुख जिल्ला अधिकारी, भेटनरी प्रमुख र खाद्य कार्यालयको सदस्य सविच रहेर केही दिनमा मूल्य निर्धारण गर्ने समेत उनको भनाइ छ।गत वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ निर्धारण गरिएको थियो। कृषि र सहकारीमार्फत  खसीबोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्

दसैंका लागि एक हजार खसीबोका काठमाडौं पठाइने

जिल्लाबाट यस वर्ष करिब १ हजार भन्दाबढी खसीबोका काठमाडौं पठाइने भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट खसीबोका खरिद गरेर काठमाडौं पठाउने भएको हो । यसका लागि केही दिन पछि खसीबोका खरिद गर्न सुरु गरिने भएको छ । अहिले खसीबोका पालन गर्ने कृषकसँग समन्वय भइरहेको कम्पनीले जनाएकोे छ ।कम्पनीले पहिलो चरणमा ६ सय […]

दसैँका लागि काठमाडौं पठाइँदै ५०० खसीबोका

दाङ : यस वर्षको दाङबाट ५०० खसीबोका काठमाडौं पठाइने भएको छ। दसैँ, तिहार, छठलाई लक्षित गरी खसीबोका काठमाडौं पठाउने तयारी रहेको खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले जानकारी दियो। हरेक वर्ष चाडबाडलाई लक्षित गरी खसीबोका दाङबाट काठमाडौं लाने गरिँदै आएको छ। गत वर्ष दाङबाट ३८५ खसीबोका काठमाडौं पठाइएको थियो । यस वर्ष क...