धनकुटा : देशभर यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनकताले छाएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा उम्मेदवार घरदैलामा व्यस्त छन्।मतदाताहरु भने पुरानो कामको समिक्षा सहित आफ्नो माग पूरा गर्ने उम्मेदवारलाई मत दिने तरखरमा रहेको पाइन्छ। तर, मतदाताको माग भने पुरानै रहेको पाइन्छ।देशमा प्रजातन्त्र पूनर्बहाली भएपछि अर्थात् बहुदलीय व्यवस्था सुरु भएपछि भएको निर्वाचनदेखि राख्दै आएको माग नै यसपटक पनि मुख्य रूपमा राख्दै आएका छन्। धनकुटाका अधिकांश क्षेत्रका मतदाताले २०४८