इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको मनोरञ्जन केन्द्रसँगै फिल्म र म्युजिक भिडियो छायाङ्कनस्थल बनेको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ भएर […]