तुलसीपुर : दाङको दङ्गीशरण गाउँपालिका–३ मा रहेको थारू सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ। हिजोआज दैनिक एक हजारको हाराहारीमा दर्शककले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्।‘दैनिक एक हजारले अवलोकन गर्ने गरेका छन्’, सङ्ग्रहालय व्यवस्थापन समितिकी उपाध्यक्ष शान्ता चौधरीले भनिन्। उक्त सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ। थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन्।यस्ता