कृषिमा आकर्षण बढ्दै

जिल्लाका कृषकहरूले सरकारले दिने अनुदानका बारेमा आफूहरूले जानकारीसमेत नपाएको बताउने गरेका छन् । सरकारले ल्याउने अनुदान टाठाबाठाहरूले नै पाउने गरेको उनीहरूको भनाइ छ ।दाङ – पछिल्लो समय कृषिमा आकर्षण बढ्दै गएको छ । विदेश गएर फर्किएका तथा स्वदेशमा रहेकाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् । अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्रसमेत बन्न थालेको छ । […]

सम्बन्धित सामग्री

तालिम र अनुदानले कृषिमा आकर्षण बढ्दै

पुस २९, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका नरसिङ पुन आजभोली आफ्नै खेतबारीमा व्यस्त छन् । तरकारी खेतीबाट घरमै राम्रो आम्दानी हुने भएपछि पुनले व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।  लुङ्ग्री गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्वारा सञ्चालित दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण कार्यक्रमले तालिम तथा कृषि सामग्री सहयोग गरेपछि पुन जस्तै यहाँका दर्जनौ स्थानीयहरु व्यावसायिक कृषिमा लागेका हुन् ।  गाउँमै कृषि प्राविधिकबाट प्राङ्गारिक झोल मल बनाउने ज्ञान पाएपछि उनीहरुलाई थप टेवा पुगेको छ । कृषि प्राविधिक गाउँमै आएर प्राङ्गारिक मल र विषादी बनाउन सिकाएपछि तरकारी खेतीमा सहज भएको लुङ्ग्री गाउँपालिका–१ पाङका रणबहादुर विष्टले बताए ।  ‘तितेपाती, सिस्नु लगायतका झारपातबाट विषादी बनाउने गरेका छौं’ विष्टले भने ‘यसको प्रयोगले उत्पादनमा पनि वृद्धि भएको छ ।’ विष्टले टनेलमा लगाएको टमाटरखेतीले राम्रो उत्पादन दिएको छ । तरकारी उत्पादन फस्टाउदै गएपछि आम्दानी पनि बढ्न थालेको उनीहरुको भनाइ छ । गत वर्ष मात्रै झण्डै ३ लाख आम्दानी गरेको विष्टले बताए । तालिम र प्राविधिक सहयोग पाएपछि रोल्पाका स्थानीयहरु व्यावसायिक कृषिमा लागेका छन् । तालिमबाट सिकेको सीप र अनुदानमा पाएको सामग्रीको प्रयोग गर्दै तरकारी खेतीबाट स्थानीयले आम्दानी समेत गर्न थालेका हुन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा तालिम र अनुदान पाएपछि यहाँका किसानहरु कृषि व्यवसायमा प्रेरित भएका हुन् ।

गाउँ फर्किएका युवा व्यावसायिक कृषितर्फ आकर्षित

पछिल्लो समय भोजपुरका युवाको व्यवसायिक कृषि खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा काम गुमाएका तथा बाहिरी जिल्लाहरुमा काम गरिरहेका युवाको कृषिमा आकर्षण वढ्दै गएको हो । सङ्क्रमण रोकथामका लागि सरकारले जारीगरेको निषेधाज्ञाका कारण आफ्नो रोजगार गुमाएर घर फर्केका अधिकाशं युवा व्यवसायिक कृषि खेतीमा लागेका हुन् । समय अनुकुल उत्पादन हुने अदुवा, खुर्सानी, गोलभेडा लगायतका तरकारी खेतिमा लागि रहेका छन् ।