एभरेष्ट बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

एभरेष्ट बैंक Everest Bank Limited ले आज माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्ममा आवेदन दिन सकिने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।  

सम्बन्धित सामग्री

पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ,४ पुष । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर […]

ऊर्जा क्षेत्रमा लगानी जुटाउन निफ्राको ऋणपत्र

नेपाल पूर्वाधार बैंक (निफ्रा) ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो ।\बैंकले प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने रु पाँच अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्रले हुन आउने रु तीन अर्ब बराबरको ऋण पूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । साथै बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने रु

साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]

सानिमा बैंकले १०.२५ प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै

काठमाडौं, ५ असार (कास): सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।ऋणपत्रमा […]

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य […] The post नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सानिमा बैंकले १०.२५ प्रतिशत ब्याज पाइने गरि ऋणपत्र निष्कासन गर्दै

सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।  सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी

नेप्सेद्वारा इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सुचीकरण खारेज

काठमाडौं, ११ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकको इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सुचीकरण खारेज भएको छ । बैंकको ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र परिपक्क भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको हो । ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि गरेको बैंकले शेयरधनीहरले अन्तिम सावा र ब्याज भुक्तानी पाउने […]

एनएमबी बैंकले ऋणपत्र निष्कासन गर्दै, साढे ८ प्रतिशत ब्याज पाइने

एनएमबी बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

एनएमबी बैंकले साढे ८ प्रतिशत ब्याजमा २ अर्बको ऋणपत्र निष्कासन गर्ने

एनएमबी बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । १० वर्षे अवधिको ऋणपत्रका लागि बैंकले ८ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेको छ