एनएमबी बैंकले साढे ८ प्रतिशत ब्याजमा २ अर्बको ऋणपत्र निष्कासन गर्ने

एनएमबी बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । १० वर्षे अवधिको ऋणपत्रका लागि बैंकले ८ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरेको छ

सम्बन्धित सामग्री

नबिल बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्दै

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी …

राजनीतिक नेतृत्वको दृष्टिमा लघुवित्तको ब्याज

लगानी गरेबापत प्राप्त हुने थप रकमलाई ब्याज भनिन्छ । अर्थात् आफूसँग भएको पूँजी बचत वा लगानी गरेबापत प्राप्त हुने अतिरिक्त रकम नै ब्याज हो । बैंक तथा वित्तीय संस्थाले बचत भएका क्षेत्रमा बचत संकलन गरी आवश्यकताको आधारमा कर्जा प्रवाह गर्छन् र कर्जाबाट प्राप्त हुने ब्याजबाट निक्षेपकर्तालाई ब्याज, संस्थाको सञ्चालन खर्च, अन्य आम्दानी तथा लगानीकर्तालाई प्रतिफल प्रदान गर्ने गर्छन् । यसरी कर्जाबाट प्राप्त हुने ब्याज नै बैंक तथा वित्तीय संस्थाको आम्दानीको प्रमुख स्रोत हो । विभिन्न कारोबारबाट प्राप्त हुने कमिशन, सेवाशुल्क आदिबाट पनि आम्दानी हुने गर्छ । ब्याजदर निर्धारणका लागि विभिन्न आधारहरू रहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल लागतमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । ब्याजदरलाई मुख्य रूपमा पूँजीको माग र आपूर्तिले प्रभाव पारेको हुन्छ भने आर्थिक गतिविधि, वित्तीय चेतना, लगानीको वातावरण, साक्षरता आदिले पनि प्रभाव पार्ने गर्छ । यस लेखमा लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई कर्जा दिएबापत लिने ब्याजदर र त्यस सम्बन्धमा राजनीतिक नेतृत्वको दृष्टिकोणबारे चर्चा गरिनेछ । सामाजिक अभियन्ताका रूपमा रहँदा, चुनावी भाषण गर्दा वा नीतिगत तहमा पुग्दा राजनीतिक नेतृत्वले लघुवित्तका ऋणीहरू कर्जाको चर्को ब्याजदरबाट पीडित भएको र धनी वर्गले न्यून ब्याजदरमा कर्जा उपभोग गरिरहेको अभिव्यक्ति दिने गरेको पाइन्छ । उहाँहरूकै शब्दमा भन्नुपर्दा ग्रामीण क्षेत्रमा भैंसी, बाख्रा आदि किन्नका लागि लिने कर्जाको ब्याजदर १५ प्रतिशत तर शहरमा मोटर किन्नेलाई ७/८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह हुने गरेकाले गरीब तथा न्यून आय भएका वर्ग चर्को ब्याजदरबाट पीडित भइरहेका अभिव्यक्ति दिने गरेको पाइन्छ । के साँच्चै लघुवित्त वित्तीय संस्थाले ऋणीहरूलाई प्रदान गर्ने कर्जाको ब्याजदर महँगो नै भएको हो त ? यदि महँगो नै भएको हो भने कसरी घटाउन सकिन्छ ? यस लेखमा यिनै प्रश्नको उत्तर खोजिने प्रयास गरिनेछ । यसका लागि लघुवित्त क्षेत्रमा ब्याजदर निर्धारण प्रक्रिया, स्रोतको उपलब्धता र सञ्चालन खर्च आदीलाई गहन तरीकाले अध्ययन गर्नुुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यलाई प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने गरी सीमा लगाएको छ । लघुवित्तीय सेवाको शुरुआतीको समयमा कर्जाको ब्याजदर २५ प्रतिशतसम्म रहेको थियो । त्यसैगरी शेयरपूँजी, सदस्यबाट संकलित बचत, बैंक वित्तीय संस्थाबाट प्राप्त विपन्न वर्ग कर्जा सापटी र संस्थाले गरेको नाफा आदि लघुवित्त वित्तीय संस्थाको वित्तीय स्रोत हुन् । उपर्युक्त स्रोतहरूमध्ये कुल वित्तीय स्रोतको ६० प्रतिशतभन्दा बढी अंश ओगटेको विपन्न वर्ग कर्जासापटी लिँदा बैंक तथा वित्तीय संस्थालाई बजारमा चलेको ब्याजदर तिर्नुपर्ने हुन्छ । कोरोना अवधिबाहेक अन्य समयमा विपन्न वर्ग कर्जा सापटीको ब्याजदर दोहोरो अंकमा रहने गरेको पाइन्छ । साथै, आधारभूत तहको वित्तीय साक्षरता प्रदान गर्दै घरदैलोमा नै वित्तीय सेवा उपलब्ध गराइने भएकाले संस्थाको सञ्चालन लागत उच्च हुने, विनाधितो प्रदान गरिने कर्जाको जोखिम बढी हुनेलगायत कारणले गर्दा लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा महँगो हुने गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाको लागतले कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले कर्जाको ब्याजदर घटाउन संस्थाको लागत घटाउनुपर्छ । संस्थाको लागतअन्तर्गत मुख्य गरेर वित्तीय स्रोतको लागत र सञ्चालन खर्च पर्छन् । वित्तीय स्रोतको लागत घटाउने सन्दर्भमा ब्याजदरलाई वाञ्छित सीमाभित्र राखी दिगो वित्तीय स्रोतको आपूर्ति गर्नुपर्छ । यसका लागि सम्झौतामा आधारित गैरवित्तीय संस्थाहरूसँग भएको पूँजी, राष्ट्रिय लघुवित्त कोषको स्थापना, ऋणपत्र निष्कासन, लघुवित्त बन्ड, विदेशी संस्थाबाट प्राप्त हुने कर्जा आदिलाई उपयोग गर्न सकिन्छ । घरदैलोमा प्रदान गरिने वित्तीय सेवाको खर्चलाई मितव्ययी बनाउन प्रविधि र मानवीय दुवै सेवालाई आवश्यकताअनुसार परिचालन गर्नु उपयुक्त हुन्छ । उपर्युक्त कार्यका लागि नेपाल सरकारले प्राथमिकता दिई सहजकर्ताको भूमिका निभाउनुपर्छ । केही संस्थाले लगानीकर्तालाई प्रदान गर्ने उच्च प्रतिफललाई हेर्दा लघुवित्त वित्तीय संस्थाहरू नाफामा केन्द्रित भएका आवाज पनि उठ्न थालेका छन् । तर, सीमित संस्थालाई आधार बनाएर समग्र लघुवित्त क्षेत्रलाई उच्च नाफा हुने क्षेत्रको रूपमा हेरिनु सान्दर्भिक हुदैन । वित्तीय स्रोतको दृष्टिकोणबाट सबै संस्था समान रूपले बलियो नभएकाले वित्तीय स्रोतको लागत उच्च रहेका लघुवित्त संस्थालाई लघुवित्तीय सेवा महँगो पर्ने गरेको छ । राजनीतिक नेतृत्वले गरीब तथा न्यून आय भएका वर्गलाई आपूmतिर आकर्षित गर्न क्षणिक आश्वासन दिएर लघुवित्त क्षेत्रमा रहेको कर्जाको ब्याजदरलाई माध्यम बनाउने गरेको देखिन्छ । क्षणिक र मीठा अभिव्यक्तिले यो वर्गलाई छिट्टै आप्mनो प्रभावमा पार्न सकिने भएकाले यस्तो प्रवृत्ति नेपालमा मात्र नभई विश्वभरि नै रहेको पाइन्छ । वास्तवमा नै लघुवित्त क्षेत्रमा रहेको ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउने हो भने यस क्षेत्रका लागि आवश्यक वित्तीय स्रोतको दिगो आपूर्तिलाई सहज बनाउन नीतिगत तह नै कटिबद्ध भएर लाग्नुपर्ने देखिन्छ । नियमनकारी निकायका रूपमा रहेको राष्ट्र बैंकले ल्याएका नीतिगत व्यवस्थाले मात्र लघुवित्त क्षेत्रका लागि आवश्यक वित्तीय स्रोतको दिगो आपूर्ति हुन सक्दैन । यसका लागि वित्तीय क्षेत्रको तालुकी निकाय अर्थ मन्त्रालय र अर्थमन्त्रीले लघुवित्त क्षेत्रलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्ने हुन्छ । तर, विडम्वना नै भन्नुपर्छ बजेट र सरकारी निकायबाट निर्माण गरिने नीतिगत व्यवस्थाले यस क्षेत्रलाई बिरलै समेट्ने गरेको पाइन्छ । नीति निर्माण गर्ने तहमा पुगेपछि नेतृत्व वर्गले विगतमा गरिएका वाचालाई चटक्कै बिर्सने गरेको देखिन्छ । तसर्थ, नेतृत्व वर्गले लघुवित्त क्षेत्रमा रहेको ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याई स्रोतको दिगो आपूर्तिका लागि आवश्यक पहल गरेमा यस क्षेत्रलाई उद्देश्यमूलक बनाउन र लक्षित वर्गलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन सहयोग पुग्ने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

नविल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं। नविल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको सात वर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले तीस कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत रुपमा र १२ लाख कित्ता सामूहिक लगानीकर्ताको लागि छुट्याएको छ। ऋणपत्र साउन १० गतेदेखि छिटोमा साउन १३ ढिलामा साउन २४ गतेसम्म खुल्ने बैंकले बताएको

एभरेष्ट बैंकको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज

असार ३१, काठमाडौं । बिहीवार नेप्सेमा एभरेष्ट बैंकको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।  बैंकले जारी गरेको ८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड २०७८ को ६ लाख कित्ता ऋणपत्र असार ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरेको जानकारी गराएको हो ।  बैंकले ८ प्रतिशत ब्याजदर भएको रू. ६० करोड बराबरको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

वाणिज्य बैंकले उठाए ऋणपत्रबाट रू. ८५ अर्ब

काठमाडौं । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका छन् । बैंकहरूले हालसम्म रू. ८५ अर्ब ३४ करोड बराबरको ऋणपत्र विक्री गरेर ६ देखि १० वर्षसम्मका लागि स्रोत जुटाएका हुन् । यो बैंकहरूको कुल चुक्ता पूँजीको ३० दशमलव ६४ प्रतिशत हो । राष्ट्र बैंकको वैशाखसम्मको तथ्यांकअनुसार यी २३ ओटा बैंकहरूको कुल चुक्ता पूँजी रू. २ खर्ब ७८ अर्बको हाराहारीमा रहेको छ ।   केन्द्रीय बैंकको नीतिगत व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर पूँजी अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्छ । निक्षेपको अवधि छोटो हुने भएकाले ब्याजदरमा अस्थिरता देखापर्ने गरेको छ । यसलाई कम गर्न बैंकहरूलाई दीर्घकालीन स्रोतको आवश्यकता पर्छ । त्यसकै लागि राष्ट्र बैंकले ऋणपत्र अनिवार्य गरेको हो । बैंकहरूले यस्तो ऋणपत्र २०७९ असार मसान्तभित्र जारी गर्नुपर्ने व्यवस्था छ । यो सीमा पूरा गर्न अझै १ वर्ष बाँकी छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये मेगा बैंक, सेञ्चुरी, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड गरी ४ बैंकले ऋणपत्र जारी गर्न बाँकी छ । सिभिल र सेञ्चुरी बैंकले ऋणपत्र निष्कासन गर्न आवेदन दिएका छन् । सरकारी स्वामित्वका नेपाल बैंकले गत वैशाख २२ गतेदेखि साढे ३ अर्ब रुपैयाँ बराबरको वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेको छ । हालसम्म ११ ओटा वाणिज्य बैंकले न्यूनतम ऋणपत्र विक्री गरिसकेका छन् । यसमा एनआईसी एशिया, सिद्धार्थ, कृषि विकास, सानिमा, सनराइज, नेपाल इन्भेस्टमेन्ट, नेपाल एसबीआई, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, प्रभु बैंक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल अझै १ वर्षभित्र ऋणपत्र निकाल्ने समय भएको बताउँछन् । बैंकहरूले तोकेको अवधिसम्म चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशतसम्मको ऋणपत्र जारी नगरेमा केन्द्रीय बैंकले कारवाही गर्ने भनेको छ । तर, वाणिज्य बैंकहरू एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा २०७८ असारमसान्त भित्र उक्त ऋणपत्र जारी नगरेको अवस्थामा कारवाही नगर्ने भनेको थियो । हालसम्म सबैभन्दा बढी ऋणपत्र एनआईसी एशिया बैंकले विक्री गरेको छ । यसले रू. ९ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेको छ । यो बैंकको चुक्ता पूँजीको ७९ दशमलव ५८ प्रतिशत हो । सिद्धार्थ बैंकले चुक्ता पूँजीको ७४ दशमलव ४५ प्रतिशत ऋणपत्र विक्री गरेको छ । बैंकले चुक्ता पूँजी १० अर्ब ९६ करोड रहेकोमा ८ अर्ब १६ करोडको ऋणपत्र विक्री गरेको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि चुक्ता पूँजीको ५१ दशमलव ७१ प्रतिशत ऋणपत्र विक्री गरेको छ । उक्त बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रहेकोमा ८ अर्ब ४९ करोड ऋणपत्र जारी गरेको हो । ९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकले ४ अर्ब ७८ करोडको ऋणपत्र विक्री गरेको छ । यो चुक्ता पूँजीको ४९ दशमलव ३८ प्रतिशत हो । हालसम्म नेपाल इन्भेस्टमेन्टले ६ अर्ब ७५ करोड र सनराइजले रू. ४ अर्ब ऋणपत्र विक्री गरिसकेका छन् । नेपाल एसबीआई, नेपाल क्रेडिट एन्ड कमर्श, माछापुछ्रे, कुमारी बैंकले ३ अर्ब बराबरको ऋणपत्र जारी गरिसकेका छन् । रू. ३ अर्बदेखि २ अर्बसम्मको ऋणपत्र विक्री गर्नेमा प्रभु हिमालयन, सिटिजन्स, प्राइम, बैंक अफ काठमाडौं, नबिल, नेपाल बंगलादेश र लक्ष्मी बैंक रहेका छन् । यस्तै, एनएमबी बैंकले १ अर्ब ६८ करोड र एभरेस्ट बैंकले १ अर्ब ७ करोड बराबरको ऋणपत्र विक्री गरिसकेका छन् । केन्द्रीय बैंकले तोकेको सीमाअनुसार ऋणपत्र विक्री गर्ने अवधि पर्याप्त भएको बताउँदै सहप्रवक्ता नारायण पोखरेल बैंकहरूले चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई हरेक मौद्रिक नीतिले पछि सार्दै लगेकाले बैंकहरूलाई सहज बनाएको बताए । पोखरेलले भने, ‘बैंकहरूले ऋणपत्र जारी गरिरहेका छन् । अभैm समय बाँकी छ । यसबारे आगामी मौद्रिक नीतिले अभैm सहज बनाउन सक्छ ।’ सञ्चित नोक्सानी नभएका बैंकहरूले आप्mनो प्राथमिक पूँजीको शतप्रतिशतसम्मको ऋण उपकरण जारी गर्ने पाउँछन् । यसको स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्छ । त्यस्तो निवेदन माथि आवश्यक छानविन गरी उपयुक्त ठानेमा केन्द्रीय बैंकले डिवेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिन सक्नेछ । ऋणपत्र जारी गर्नुअघि बैंकहरूको कोषको स्रोत मुख्यतः निक्षेप मात्रै थियो र निक्षेपको परिपक्वता अवधि धेरै भएमा १ वा २ वर्ष मात्रै हुन्थ्यो । तर, ऋणपत्रको परिपक्वता अवधि ५ देखि १० वर्षसम्म छ । डिवेञ्चरको ब्याजदर १० प्रतिशतको हाराहारीमा छ ।

एनएमबी बैंकले ऋणपत्र निष्कासन गर्दै, साढे ८ प्रतिशत ब्याज पाइने

एनएमबी बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले कुल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।