एनएमबि बैंकले ऋणपत्र (डिबेञ्चर) खुल्ला गरेको छ ।
बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्राप्त हुने २ अर्ब बराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र आइतवार (जेठ २ गते)देखि बिक्री गरेको हो ।
प्रति कित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरूलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाख मध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक...