न्युज अफ नेपाल, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी दिएको छ । केही समयपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ। […]