विगतको गल्तीबाट पाठ : असल उम्मेदवारको खोजी

जनताले गाउँ गाउँमा सिंहदरबार, मोनो रेल, मेट्रो रेल, चौडा बाटो, घरघरमा विकास लगायतका अघिल्लो वर्षका केही चर्चित चुनावी नारा सेलाउन नपाउँदै आगामी चुनावको लागि नयाँ नारा असरल्ल छन् । पाँच वर्षअघि चुनावी वाचा र घोषणापत्रमा समावेश गरिएका कति योजना पुरा भयो ? यसको समीक्षा कसले गर्ने ? प्रजातान्त्रिक पद्धतिमा चुनाव आउँछ जान्छ, जित हार हुन्छ । तर जनताका मतको न्यायिक सुनुवाइ किन हुँदैन ? किन जनतालाई धोका दिनेलाई कार्यवाही हुँदैन ? चुनावताका काम गर्छु, मलाई जिताउनुस् भनेर वाचा गर्ने तर काम नगर्ने जनप

सम्बन्धित सामग्री

जनप्रतिनिधिकाे सद्बुद्धि आओस् भन्दै युवाहरूले गराए स्वस्ति शान्ति

चितवन । पूर्वी चितवनमा पर्ने राप्ती नगरपालिकाको युवाहरुले आज अनौठो कार्यक्रम गरेर यहाँका जनप्रतिनिधिको सद्बुद्धिको कामना गरेका छन् । राप्ती नगरपालिका ४ का युवाहरुको संस्था शिवपुरी युवा क्लबका युवाहरुले नगरपालिका परिसरमा स्वस्ती शान्ति, होम तथा लामाहरुबाट पाठ गराएर जनप्रतिनिधिको असल बुद्धिको कामना गरेका हुन् । क्लबका सचिव जयाराम बास्तोलाका अनुसार नगरपालिकामा जनप्रतिनिधिको लामो समयदेखिको बेमेलका […]

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

घृणाको यो समयमा हाम्रा बच्चाहरूलाई प्रेमको पाठ कसरी सिकाउने ?

म सधैं आमा बन्ने सपना देख्थेँ । मलाई आफूमा पूर्ण विश्वास थियो । मलाई थाहा थियो म असल आमा बन्नेछु । म मेरो बच्चाको हात समातेर हिँडेको कल्पना गर्थेँ । हामी दुवै, फुर्तिलो चालमा पाइला चाल्दै । खुसीको लहरले हाम्रो हृदयलाई ढपक्कै ढाक्ने गरी ।  मेरो पहिलो सन्तान हुनुभन्दा धेरै वर्ष अघि, मैले आफ्ना छोराछोरीलाई कसरी हुर्काउने भनेर धेरै नोट बनाइरहेको थिएँ ।  ती नोट असाध्यै राम्रा थिए ।छोरीलाई पहिलो पटक बोक्दा मैले उनका लागि सुस्त आवाजमा गाउन सुरु गरेँ ।छोरी असाध्यै रोइरहेकी थिइन् । तर मेरो गीत

आर्थिक पत्रकारिता जगतले सिक्नपर्ने पाठ

नेपालमा आर्थिक पत्रकारिताको वर्तमान अवस्थाको कुरा गर्ने हो भने त्यो विवरणात्मक, सूचनामूलक, परिचायक र केही तथ्यांकमूलक किसिमको देखिन्छ । खासगरेर यो क्षेत्रमा अनुसन्धानपरक र खोजमूलक सामग्रीहरूको उजागरको अभाव छ । यदाकदा त्यस खाले सामग्री कुनै आर्थिक क्षेत्रका पत्रपत्रिकाले प्रकाशन गरि नै हाले भने पनि तिनको निरन्तरता वा दह्रो अनुगमन पाइन्न । अन्य समाचारहरूमा जस्तै आर्थिक गतिविधिसित पनि नागरिकको चासो बढ्नु आर्थिक पत्रकारिताकै उज्ज्वल भविष्यको संकेत हो । मूलत: यस क्षेत्रमा त्यस खाले सामग्रीका लागि भरोसायोग्य स्रोतको अभाव छ । विश्लेषण गरेर सामग्री प्रकाशन गर्नेमा भन्दा पनि तिनको सतही विवेचन मात्र आउने हुँदा तिनका आन्तर्य भने छोपिएका हुन्छन् । आर्थिक जगत्मा हुने कतिपय नीतिगत भ्रष्टाचारहरूका बारेमा यस क्षेत्रका पत्रकार जगत् नै भुमरीमा परेका देखिन्छन् । कतिपय नीतिगत हेराफेरीका कुराहरू हत्तपत्त बाहिर आँउदैनन् । नीतिगत तहमा बस्नेहरूको नियत नै खराब भएपछि यस खाले भ्रष्टाचारिताले प्रश्रय पाउने हो । यस्ता कुराहरूमा अबको आर्थिक पत्रकारिताले केही मेहनत गर्न सक्ने हो भने आम नागरिकमा सूचना प्रवाहको आयतन त बढ्छ नै, आर्थिक पत्रकारिताको स्तरले पनि छलाङ मार्छ । यस्ता कार्यकलापहरू कुनै अँध्यारो सुरुङमा बुनिएका हुन्छन् भने नीति बनाउने माथिल्लो तह (जस्तै : बजेट वक्तव्य आदि ) मा बस्नेहरूलाई प्रभावमा पारी वा त्यसमा संलग्न हुनेहरूकै नियत प्रभावी हुँदा नीतिगत भ्रष्टाचारहरूले बीजांकुरण हुने मौका पाउँछ । साधारण नागरिकले यसको मेसोसम्म पाउन्नन् । केही सीमित व्यक्ति, वा समूहहरूलाई मात्र लाभ पुग्नेगरी आएका वा आउने नीतिहरूकै कारण भित्रभित्रै अथाह भ्रष्टाचारले प्रश्रय पाएको हुन्छ । विगतमा बिजुलीबाट चल्ने गाडी आयातमा गरिएको नीतिगत चलचेल वा चकलेट आयातमा दिइएको भन्सार छुट, इन्भर्टर र ब्याट्री आयात बढाउन लोडसेडिङलाई प्रोत्साहित गर्ने खालका नीतिहरू वा हालसालै चर्चामा रहेको सुपारी आदि वस्तुहरूको आयात खुकुलो गर्नेजस्ता नीतिगत विषयहरूलाई उदाहरणमा लिन सकिन्छ । कतिपयले नीतिगत फेरबदलका सूचनाहरू चुहाएर पनि त्यस खाले भ्रष्टाचारितालाई प्रश्रय दिएका हुन्छन् । नीतिगत तहमा बस्नेहरूको नियत जबसम्म असल हुँदैन त्यस्तो भ्रष्टाचारिताको नामेट असम्भवप्राय: हुन्छ । यस्ता विषयहरूमाथि पनि आर्थिक पत्रकारिता क्षेत्रको ध्यान गइरहनु जरुरी छ । विगतमा सञ्चार जगत्मा सनसनी मच्चाउने गरी आर्थिक क्षेत्रमा सार्वजनिक भएका कुनै बैंकिङ प्रकरणहरू होऊन् वा भ्याटछलीका प्रकरणहरू हुन् वा प्रतीतपत्र र सुनकाण्डकै प्रकरणहरू नै किन नहोऊन्, केही पत्रिकाले तिनका समाचार बाहिर ल्याएका हुन् । तर, पछि तिनको निरन्तर अनुगमन, जगजाहेरी र खबरदारी भने गर्न सकेको देखिएन । त्यस्ता सामग्रीहरूको मूल स्रोत सरकारकै निकाय भएकाले पनि निजी क्षेत्रका आर्थिक पत्रकारहरूको तीमाथिको पहुँच सहज नभएको हुन सक्छ । यो तीतो सत्य हो । यसका लागि पत्रकारिता जगत्को जिम्मेवारीबोधलाई तत्तत् निकायहरूको सम्पूर्ण सहयोग नरहेसम्म खोजपूर्ण र अनुसन्धानमूलक आर्थिक पत्रकारिता फस्टाउन सकोइन । नेपालका आर्थिक पत्रकारितामा लागेका वा लाग्ने पत्रपत्रिकाहरूले यस कुरामा ध्यान पुर्‍याउने हो र तिनको मेहनतलाई सरोकारीहरूले पनि सहयोग गर्ने हो भने आर्थिक पत्रकारिताले पनि अन्य समाचारमूलक पत्रकारिताले जस्तै बलियो जग बसाउन सक्छ । तर, आर्थिक पत्रकारहरूका लागि ती सामग्रीको भित्री जालोसम्म पहुँचको सुविधा नभए तिनको वास्तविकतासम्म पुग्न कठिन हुन्छ । यस खाले सामग्रीको खोजी र अनुसन्धानमा जोखिम पनि उच्च रहने भएकाले हत्तपत्त पत्रकारहरूमा त्यस्तो जोखिम मोलिहाल्न नचाहने प्रवृत्ति पनि हुन्छ ।  पत्रकारिता जोखिमकै व्यवसाय भएकाले त्यसमा लाग्नेहरूले यसलाई त्यसैको एक अभिन्न अंग बनाउन सक्नु पर्छ । पत्रकारिता भनेको जोखिमकै पेशा हो । जोखिम लिन नसकेर पनि यो क्षेत्रमा उजागर हुनुपर्ने कुराहरू बाहिर आउन सकिरहेका छैनन् । अर्को कुरा, आर्थिक पत्रकारिता भनेको एक खाले विषयविज्ञता आवश्यक पर्ने क्षेत्र पनि हो । आर्थिक गतिविधि बुझ्नका लागि कम से कम अर्थतन्त्रका भेरिएबल्स र सूचकांकहरूबारे जानकारी राख्नुपर्छ । यस्तै, अर्थशास्त्र लगायत वाणिज्य विषय, बैंकिङ र वित्तीय क्षेत्रकै पनि केही ज्ञान हुनै पर्छ । तिनमा सामान्य समाचार पत्रकारिताको ज्ञानले मात्र पुगोइन । उदाहरणका लागि देशमा कुनै बैंकमा प्रतीतपत्र घोटाला भएछ । त्यसका बारेमा आर्थिक पत्रकारितामार्फत आम नागरिकको चासो सम्बोधन गर्नका लागि त्यस्तो पत्रकारिता गर्ने पत्रकारमा कम से कम प्रतीतपत्रबारे जानकारी हुन आवश्यक छ । अझ, त्यसका यावत् प्रक्रियाकै बारेमा भित्री तहसम्म जानिफकार पनि हुनुपर्छ । अहिले नेपालको वित्तीय कारोबार डिजिटल युगमा प्रवेश गरेको छ र यसबाट साइबर अपराधको जोखिम पनि उच्च देखिएको छ । सम्पत्ति शुद्धीकरण घटनाका जोखिम पनि बढ्दो छ । विप्रेषणमार्फत कालो धन सेतो गर्ने क्रमको जोखिम पनि अहिले बढ्न थालेको छ । करछली वा भ्याटछली त सामान्य जस्तै देखिन थालेको छ । आर्थिक क्षेत्रमा नीतिगत तहमा बस्नेहरूले कहिलेकाहीँ नीतिगत भ्रष्टाचार गरेका सामाचार बाहिर आउने गरेका भए पनि र ती भ्रष्टाचार कतै नदेखिने किसिमको हुन्छ । खासमा त्यस्तो भ्रष्टाचार भनेको के हो ? र कसरी हुने गर्छ ? त्यसबाट को को के कसरी लाभान्वित भए ? आम उपभोक्ता, नागरिक, देशलाई त्यसले के कस्तो असर गरेको छ ? भन्नेजस्ता खोज आर्थिक पत्रकारिताले बाहिर ल्याउन सकेको खण्डमा आर्थिक पत्रकारिताको गरिमा बढ्ने निश्चित छ । पूर्ण रूपमा आर्थिक क्षेत्रमै समर्पित यो क्षेत्रमा खासै धेरै पत्रिका छैनन् । दैनिकको रूपमा दुई वटा आर्थिक पत्रिकाहरू छन् : आर्थिक अभियान र कारोबार । ती पत्रिकाहरू विगत एघार वर्षदेखि निरन्तर प्रकाशनमा छन् । आर्थिक अभियान ( पहिले आजको अभियान नाममा २०६२ मा साप्ताहिक र पछि आर्थिक अभियान ) २०६७ देखि दैनिक रूपमा प्रकाशन हुँदै आएको छ । तीबाहेक केही साप्ताहिक रूपमा र अन्य दैनिक समाचार पत्रहरू समेतले अर्थतन्त्रका विविध पक्षलाई लिएर केही पृष्ठ यो क्षेत्रमा समर्पण गर्ने गरेको देखिन्छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट, गोरखापत्र, राइजिङ नेपाल (अंग्रेजी), हिमालयन टाइम्स (अंग्रेजी) आदिले आर्थिक विषयलाई समेत पत्रकारिताको क्षेत्र बनाउँदै आएका देखिन्छन् । आंशिक नै सही आर्थिक पत्रकारितालाई उजागर गर्ने क्रममा यी पत्रिकाहरूको योगदानको पनि प्रशंसा गर्नुपर्छ । दैनिक रूपले प्रकाशन हुँदै आएका माथिका दुई पत्रिका, समग्रमा भन्नु पर्दा, नेपालको आर्थिक पत्रकारितालाई प्रतिनिधित्व गर्ने अभियानमा अगाडि छन् । तथापि तिनले खोजपरक पत्रकारितालाई भने बढाउन सकेका देखिन्नन् । तिनका सामग्रीमध्ध्ये लेख रचना वा फिचर आर्टिकल र शेयर बजारका गतिविधि सम्बन्धित सामग्रीहरू भने उल्लेखनीय छन् । केही वर्ष पहिलेसम्म यस क्षेत्रमा दैनिक पत्रिका सञ्चालन हुन सक्ने अवस्थाको परिकल्पना पनि थिएन । अर्थात् आर्थिक पत्रकारिताको पनि भविष्य होला र ? भन्ने थियो । तर, अहिले यो क्षेत्रमा कमसेकम दुईवटा दैनिक पत्रिका प्रकाशन भइरहेका छन् ।  केही साप्ताहिक पनि छन् । त्यसका अतिरिक्त प्राय: सबै दैनिक पत्रिकाले आर्थिक पत्रकारितालाई केही पृष्ठ खर्चिएका छन् । यो भनेको आर्थिक पत्रकारिताले महत्त्व पाउँदै जानु हो । यो क्षेत्रमा अहिले पत्रकारहरूको जमातका साथै तिनका थुप्रै संस्थाहरू पनि स्थापना भइसकेका छन् । यस कोणबाट हेर्दा आर्थिक पत्रकारिताको जग बसेको भन्न सकिन्छ । आर्थिक तथा वित्तीय क्षेत्रहरू चलायमान हुँदै जाँदा आमनागरिकमा पनि ती ती क्षेत्रको सरोकार बढ्दै जाने हुन्छ । अन्य समाचारहरूमा जस्तै आर्थिक गतिविधिसित पनि नागरिकको चासो बढ्नु आर्थिक पत्रकारिताकै उज्ज्वल भविष्यको संकेत पनि हो । आर्थिक पत्रकारिताले आर्थिक गतिविधिका कारोबार तथा घटनाहरू, आर्थिक र वित्तीय क्षेत्रका चलखेल, घोटाला, वित्तीय अपराध, बैंकिङ कसूर लगायतका क्षेत्रमा जरैसम्म्म पसेर सार्वजनिक जानकारीमा ल्याउने र त्यसलाई बढी तथ्यपरक खोजमा आधारित रहेर  अनुसन्धानमूलक बनाउने सके यो क्षेत्रको ओज अरू बढ्न सक्ने सम्भावना छ । अब त्यस्तो जोखिम लिन सक्ने आँट भने यो क्षेत्रमा लाग्ने पत्रकारहरूकै हो । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सुशासनको पाठ

सरकार र नागरिकहरूबीचको असल सम्बन्धको राजनीतिक परिवेश हो— सुशासन । यसका लागि राष्ट्रको कार्यसम्पादनमा अवलम्बन गरिएका प्रक्रिया, प्रणाली र परम्पराद्वारा नागरिकहरूसँग सकारात्मक हिसाबको आर्थिक, सामाजिक तथा राजनीतिक सम्बन्ध विकास गरेर सरकारले आफ्नो वैधानिकता सिद्ध गर्ने प्रयास गर्छ ।

कोरोना महाव्याधिले सिकाएका केही असल पाठ

कोरोना महाव्याधि (कोभिड १९) ले विगत २ वर्षदेखि विश्व आतंकित र त्रस्त मात्र होइन, भयभीत पनि छ । विश्वभर यसले करोडौंको ज्यान लिइसकेको छ भने हाम्रै देश नेपालमा पनि विगत १५ महीनाकै अवधिमा १० हजार ५८८ (भदौ ७, २०७८ सम्म) नागरिकले यो व्याधिबाट ज्यान गुमाउन पुगे । अहिले पुनः तेस्रो लहर आउन थालेको संकेत देखिएका छन् भने अक्टोबरतिर यसको तेस्रो लहरले भारतीय क्षेत्रमा सताउने प्रक्षेपण भइरहेका बेला नेपालमा पनि त्यसको असर नपर्ला भन्न सकिँदैन । किनभने विगत दुईओटा लहरबाट नेपालमा त्यसको असर देखिएकै हो । हाल निषेधाज्ञा एकदमै खुकुलिएको अवस्था छ भने अर्कातिर जनमानसले कोरोना व्याधिलाई खासै टेरेको पनि देखिएन । बन्दाबन्दी लामो समयसम्म रहिरहँदा अर्ततन्त्रमा पर्ने बहुआयामिक प्रभाव त हामीले कोरोनाकालीन समयमा भोगैकै हो । अझै त्यसको असर अर्थतन्त्रमा परिरहेकै छ र त्यो आगामी कति समयसम्म जान्छ यसै भन्न सकिएको छैन । पहिले बन्दाबन्दी नगर्ने देशहरूले अहिले बन्दाबन्दी गर्न थालेका छन् । खोपको दोस्रो मात्रा लगाइसकेकालाई पनि कोरोनाका नयाँनयाँ व्युत्पत्तिले सताउन थालेकाले विकसित देशहरूले अब तेस्रो खोप (बुस्टर डोज) लगाउने तयारी गर्दै छन् । नेपाल पनि अहिले खोपकै तयारीमा जुटेको छ । हाल करीब १८ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् भने गठबन्धनको सरकारले आगामी चैतसम्ममा सबै नागरिकलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो राम्रो कुरा हो । विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकाएको छ । त्यसो त मानिसले यस्तै व्याधिहरूबाट हो । जीवनलाई कसरी चलायमान बनाएर लैजान सकिन्छ भन्ने कुराको ज्ञान लिने वा पाठ सिक्ने । पहिले बन्दाबन्दी नै एक मात्र उपाय ठानिन्थ्यो । तर, लामो समयसम्म गरिएको बन्दाबन्दीले अर्थतन्त्र नै धराशयी बनेकाले अहिले त्यस मोडालिटीलाई केही परिवर्तन गरिएको देखिन्छ । यसलाई सभ्य भाषामा ‘स्मार्ट लकडाउन’ भनेर चिनाउन थालिएको छ । अहिले मानिसले कोरोना संकटबाट नयाँनयाँ पाठ पनि सिकेका छन् भने प्रविधिको प्रयोग गरेर हाम्रो जीवनयापन र बसउठलाई नै परिवर्तन गरेका पनि छन् । खासमा कोरोना बढी भीडभाड र मानिसहरूको बसउठ र जीवनयापनका शैलीहरूबाटै फैलिँदो रहेछ भन्ने कुराको पुष्टि भएको हुँदा अब यसका साथसाथै हाम्रो अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र हाम्रो जीवनयापनका मोडालिटीलाई कसरी परिवर्तन गरेर यो व्याधिसितै बाँच्ने कलाहरू सिक्ने मात्र यसको विकल्प देखिएको छ । कोरोनाको विपद् कस्तोसम्म हुँदोरहेछ भन्ने कुरा संसारले भोगिसकेको छ, आँखैले देखिसकेको छ र त्यसको पीडालाई पनि आत्मसात् गरिसकेको छ । तर, धेरै आफन्त गुमाउनेहरूलाई र अस्पतालको महँगो खर्च भोगेका र भेन्टिलेटरमा बस्नेहरूलाई मात्र त्यसको वास्तविक पीडा थाहा होला नत्र सार्वजनिक यातायातहरूमा भीडभाड गरेर यात्रा गर्नेहरू र त्यहाँ सामान्य मास्कसमेत लगाएर यात्रा नगर्नेहरूलाई भने यसको पीडा पक्कै थाहा नहुनसक्छ । यो विपद्ले धेरै पीडा, त्रास र भय त दिएकै हो, दिइरहेकै छ तथापि यस विपद्बाट हामीले केही असल कुराहरू पनि सिकेका छांै, पाठस्वरूप । यस आलेखमा तिनै असल कुराहरूको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । आखिर हामीले सधैं नराम्रा कुरा मात्र लिएर, बोकेर पनि जीवनको गतिलाई अगाडि बढाउन सकिँदैन नै । कोराना विपद्ले सिकाएको पहिलो पाठ हो, साबुन पानीले हात धुने, साबुन पानी नभएमा स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने बानीको विकास । हेर्दा सामान्यजस्तो लागे पनि यति मात्र गर्न सकिँदा विज्ञहरूका अनुसार कोरोना महामारीबाट करीब ७५ प्रतिशतको जोखिम कम हुन्छ । यसका साथै भीडभाडबाट स्वयम्लाई अलग राख्ने वा अति आवश्यक काम नपरी त्यस्तो भीडमा नजाने बानी बसाल्ने अर्थात् जानै पर्दा त्यस्तोमा भौतिक दूरीको पालन गर्ने । पहिलो पाठ त अहिले हाम्रो जीवनशैली नै बनेको देखिन्छ । दोस्रो पाठ भने हामीले अभैm लिन सकिरहेका छैनौं । खास गरेर, राजनीतिक दलहरूले नै यसको पालना गरेका छैनन् । सरकारी कार्यालयका सेवाप्रवाह (जस्तै यातायात कार्यालय, मालपोत, खोप प्रमाणीकरण केन्द्रहरू) होस् वा खोपकै परिचालनमा पनि खोप केन्द्रमा हुने भीडको व्यवस्थापन चुकिराखेकै देखिन्छ । सरकारबाट प्रदान गर्ने सेवाहरूलाई डिजिटल माध्यमबाट गर्नेतर्पm सरकार चुकिराखेकै छ । बैंक वित्तीय संस्थाहरूमा अहिले डिजिटल प्रविधिको रामै्र विकास भएको देखिन्छ भने कोरोना महामारीका पनि बैंक वित्तीय क्षेत्रले भुक्तानी प्रणालीलाई राम्रै गति दिए । तर, बजार सोहीअनुरूप डिजिटल प्रणालीमा गई नसकेकाले र सरकारी चासो पनि त्यतापट्टिको विकास गर्नमा खासै बढ्न नसकेकाले अझै पनि बजारमा भुक्तानीका लागि नगदकै वर्चस्व देखिन्छ । धेरै जनमानसका हातहातबाट गुज्रने बैंक नोटहरूबाट पनि भाइरस विस्तार हुनसक्छ भन्ने चेतना बढ्नु अर्को उपलब्धि हो । त्यसैगरी अर्को पाठ हो, सूचनाप्रविधिमा आधारित शिक्षण संस्थाहरूमा पठनपाठनको थालनी र विस्तार । तर, यसका लागि सरकारले उपलब्ध गर्ने इन्टरनेटको सुविधा, गुणस्तर र पहुँच भने स्तरीय र सबैका लागि भरपर्दो, सुलभ र सस्तो बनाउन सकेन । यसैगरी, कार्यालयको काममा वर्किङ फ्रम होमको अवधारणा आउनु र त्यसबाट पनि कार्यालयको काम फत्य गर्न सकिन्छ भन्ने उदाहरण पस्कनु अर्काे राम्रो पाठ हो, कोरोना विपद्को । खासगरेर बैंकहरूले यो अवधारणामा काम गरे । तर, जति बढी डिजिटल प्रणाली अवलम्बन गरिन्छ उति नै त्यसमा जोखिम पनि बढ्ने हुँदा राम्रो सूचनाप्रविधि, सफ्टवेर र साइबर सुरक्षा प्रणाली अवलम्बन गरेका बैंकहरू (जस्तै : नेपालमा स्ट्यान्डर्ड चार्टर्ड) ले त्यसमा लगानी पनि सोहीअनुरूप गरिरहेका देखिन्छन् । त्यस्तो प्रविधिले बैंकहरूको कारोबार सुरक्षित बनाएको देखिन्छ । बैंकहरू प्नि भीडभाड हुने स्थान नै भएकाले कोरोनाकालीन संकटले त्यस्तो भीड कम गर्न पक्कै पनि विभिन्न विकल्पको खोजीमा तिनलाई धकेलेकै हो । अहिले डिजिटल भुक्तानीमा निकै राम्रो प्रगति भएको छ । सरकारले यस्तो प्रणालीमा नागरिकलाई थप अभ्यस्त र प्रोत्साहित गरिराख्न उसले तिरेको भ्याट रकम र करको केही अंश उसैले फिर्ता पाउने गरी उसकै बैंक खातामा जम्मा हुने व्यवस्था गर्न सक्छ । प्रविधिकै विकासका कारण अहिले घरैबाट शेयरको कारोबार गर्न सकिन्छ, त्यो अर्को पाठ हो कोरोनाको । अर्थात् कोरोना सँगसँगै अघि बढ्ने हो भने सरकारले सूचना र प्रविधिको विकासमा धेरै ठूलो लगानी गर्नुपर्छ भने त्यसको सुलभताप्रति पनि ध्यान दिनुपर्छ भन्ने पाठ यसले सिकाएको छ । कोरोना विपद्ले सिकाएको अर्को मननीय पाठ भने अचम्मको छ । त्यो हो, अब हामीले हाम्रो संस्कार, चाडबाड, पर्व, उत्सव, बिहेबारी, जन्मोत्सव, पास्नी, व्रतबन्ध, कुल पूजा, देवाली, जात्रा संस्कार आदि मनाउँदा विशेष ध्यान दिएनाैं वा त्यसको मोडालिटीमा परिवर्तन खोजेनाैं भने त्यसले निकै ठूलो मानवीय क्षति गर्दोरहेछ भन्ने कुराको पाठ । त्यसबाहेक अहिले कोरोनाकै कारण आफन्त जनबीचको भेटघाटमा कमी त आएकै छ । यस्ता कुराहरूमा हुने अर्बाैंको धन राशीको पनि बचत भएकै हुनुपर्छ । भौतिक भेटघाटमा कमी आए पनि भच्र्युअल माध्यमबाट त्यस्ता भेटघाट बाक्लिएकाले त्यस्ता प्रविधि चलाएर बस्नेहरूको र सरकारकै आय पनि पक्कै बढेको देखिन्छ । गएको २ वर्षमा शेयर कारोबारबाट हुने करको माध्यमले सरकारले कहिल्यै नसोचेको आय गरेकै हो । हाम्रा धार्मिक मठमन्दिरहरूको आयमा कमी आएको होला । तर, भर्च्युअल विधिबाट पनि केही धार्मिक अनुष्ठानहरू ( जस्तै : श्राद्ध कर्म आदि) सम्पन्न भएकै छन् । यही विधिले निजी विद्यालयहरूले पनि आफ्नो आय बटुलेकै छन् । तर, सरकारी शिक्षण संस्थाहरूमा भने तिनका झैं पाठ सिक्न अझै समय लाग्ने हो कि ? भन्ने देखिएको छ । अन्त्यमा, कोरोना विपद्बाट यीबाहेक अरू पनि धेरै सकारात्मक पाठहरू मानव जगत्ले सिकिरहेको छ ( जस्तै : ईकमर्शको विकास) र सिक्ने पनि होला । त्यसमध्ये सबैभन्दा ठूलो पाठचाहिँ हाल विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानहरूले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ नै हो । ती कार्य त जुमिनार र वेबिनारबाट पनि सम्पन्न गर्न सकिँदा रहेछन् भन्ने कुरा सरकारले र सरोकारवालाहरूले कोरोना काल गए पनि सिकिरहनु पर्ने पाठ हो । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

‘होल्डिङ सेन्टर’ बनाउन किन बियाँलो ?

मुलुकमा कोभिड–१९ संक्रमित हुनेको संख्या आइतबार एकै दिन सात हजार नाघेको छ, जुन हालसम्मकै सबभन्दा उच्च हो । अहिले नेपालले भोगिरहेको यो महामारीको एउटा दु:खान्त के हो भने हामीले न हिजोका कमजोरीबाट कुनै पाठ सिक्यौं, न त आफैंले गत साल गरिसकेका असल अभ्यास नै पछ्यायौं ।

सिर्जनाका मुहान बालबालिका | Nagarik News - Nepal Republic Media

अधिकांश बाआमा छोराछोरीलाई प्रकृतिबाट टाढै राख्न चाहन्छन् । घरबाट, कोठाचोटाबाट बाहिर निस्कनु भनेको उनीहरूको नजरमा बिग्रनु हो । असल देखिन विद्यालयका किताब पढ्ने, घोक्ने र सार्ने काम गरिरहनुपर्छ । कुनै पाठ वा उत्तर कण्ठस्थ पारेर सुनाउन सक्नु नै छोराछोरीको सफलता ठान्छन् बाआमा ।

लकडाउनमा पठनपाठन विधि

विश्वभर मानवजातिलाई कोभिड १९ महामारीले निराशामात्रै फैलाएको छैन, वैकल्पिक उपायको खोजी गर्ने र भविष्यका लागि गतिला योजना बनाउने पाठ पनि सिकाएको छ । विपद् र महामारीसँग जुध्नका लागि संसारका असल अभ्यास अध्ययन गर्ने र तिनलाई आफ्नो समुदाय र राष्ट्रमा लागू गर्ने चिन्तन गर्न पनि कोभिड १९ ले समय दिएको छ । आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित गराउनुपर्ने अहिलेको परिस्थितिमा सूचना र प्रविधिको उपयोग गरी पढ्ने र पढाउने कार्यलाई पनि व्यवस्थित गराउने विधि अवलम्बन गर्न सकिन्छ ।

तपाईंको सफलतामा तपाईंको साथीको भूमिका के–कति छ ?

जिन्दगीका मोडहरूमा विभिन्न समयमा केही स्वार्थी त केही असल गरेर विभिन्न खालका साथी फेला परे । स्वार्थी सावित भएका साथीहरूले केही नयाँ पाठ सिकाए भने असल साथीहरूले विद्यालयदेखि विश्वविद्यालय हुँदै आजसम्म पनि सहयोग, हौसला र साथ दिइरहेका छन् ।