म सधैं आमा बन्ने सपना देख्थेँ । मलाई आफूमा पूर्ण विश्वास थियो । मलाई थाहा थियो म असल आमा बन्नेछु । म मेरो बच्चाको हात समातेर हिँडेको कल्पना गर्थेँ । हामी दुवै, फुर्तिलो चालमा पाइला चाल्दै । खुसीको लहरले हाम्रो हृदयलाई ढपक्कै ढाक्ने गरी । मेरो पहिलो सन्तान हुनुभन्दा धेरै वर्ष अघि, मैले आफ्ना छोराछोरीलाई कसरी हुर्काउने भनेर धेरै नोट बनाइरहेको थिएँ । ती नोट असाध्यै राम्रा थिए ।छोरीलाई पहिलो पटक बोक्दा मैले उनका लागि सुस्त आवाजमा गाउन सुरु गरेँ ।छोरी असाध्यै रोइरहेकी थिइन् । तर मेरो गीत