वैशाख २८, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।