इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा मंगलवार हुँदै

पुस २६, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तको साधारण सभा पुस २८ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा सहमति संस्था विजयचोक गैंडाकोट नवलवरासीमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।  त्यस्तै सभाले यस वित्तीय संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरू गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

इन्फिनिटी लघुवित्तले २० % बोनस शेयर, फागुन १३ गते पारित गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सहमति संस्था विजय चोक गैंडाकोट, नवलपरासीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४१ करोडभन्दा माथिको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रस्तावसँगै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा आज

पुस २७, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यी ५ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

समीट लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १५ गतेदेखि २४ गते सम्म, चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पौष १५ देखि २३ गते सम्म र मन्जुश्री फाइनान्स लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पौष १५ गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। मन्जुश्री फाइनान्सले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको च...

इन्फिनिटी लघुवित्तले पुस २७ गते बोलायो साधारण सभा, प्रस्ताव गर्‍यो २९.१६% लाभांश

पुस ६, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले होटल द नारायणी, गैडाकोट, नवलपरासीमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई पनि सभाले पारित गर्नेछ । सभाले संस्थापक समूहबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । हाल कायम रू. ५० करोड अधिकृत पूँजीलाई रू. १ अर्ब पुर्‍याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भएको छ ।विशेष सभाको विशेष प्रस्तावहरुमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रोको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्ति पछिका व्यावसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार […]

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

इन्फिनिटी लघुवित्तले १४.२५% बोनस दिने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभालेआर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तसम्मको वासलातसहितको वित्तीय विवरण र बोनस सेयर तथा लाभांस पारित गरेको छ । समितिको प्रस्ताव अनुसार १४ दशमलव २५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।