जाडो बढ्दै गएपछि नरहरिनाथ–८ लालुका नमराज विष्ट अघिल्लो बुधबार बस्तुभाउ र लालाबालासहित औल (खुलालु) झरे । उनी वर्षामा लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र बस्तुभाउ चराउन जेठमा लेकको बस्ती उक्लिएका थिए । खाडाचक्र–३ ताडीका पुलाचन्द्र पाण्डे पनि एक साताअघि औंलको बस्ती सियाला झरेका छन् ।