कोटेश्वर–जडीबुटी सडकको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाउने भएको छ । सरकारले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) लाई विस्तृत अध्ययनका लागि अनुरोध गरेकाले जापानी टोली आगामी महिना आउने बताइएको छ ।