पूर्वी येरुसेलममा रहेको शेख जर्राह टोलमा समीरा दजानी र आदिल बुदेरीको बगैंचा बालुवाको मैदानको बीचमा रहेको मरूद्यान जस्तो देखिन्छ ।
इजरायल र प्यालेस्टाइनीहरूबीत हिंसा भड्काउने भूमिको केन्द्रमा रहेको शान्त देखिने बगैंचामा चारैतर्फ बेगनबेलीका लहरा, ल्याभेन्डर तथा अनेकौं किसिमका फलका रुख छन् ।
यस प्यालेस्टाइनी दम्पतीको एक तल्ले घरका साथै अन्य १३ घरमा बस्ने २८ परिवारलाई त्यहाँबाट निस्केर जानुपर्ने स्थिति आएको छ ।
इजरायलको सर्वोच्च अदालतमा दायर गरिएको एक मुद्दामा यहुदीहरूको बस्तीका लागि उक्त क्षेत्रका १४...