पानीका कारण जिल्लाको एक मात्र रारा बिमानस्थलको सेवा ४ दिनदेखि अवरुद्ध हुँदा दर्जनौं यात्रु अलपत्र परेका छन् । चार दिनदेखिको लगातार बर्षातका कारण सुर्खेत नेपालगञ्जदेखि जहाज उडान नहुँदा तराई झर्ने यात्रु र नेपालगञ्जदेखि मुगुतर्फ आउने यात्रु बिमानस्थलमै अलपत्र परेका छन् ।