प्राइम लाइफ इन्स्योरेन्सले संस्थापकतर्फ १०% शेयर स्वामित्व घटाउने

चैत १३, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ हाल कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गर्ने भएको छ ।  कम्पनीले संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।  कम्पनीले गत मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट शेयर स्वामित्व परिवर्तनको प्रस्ताव पारित गरी नियामक निकाय बीमा समितिबाट पनि स्वीकृति प्राप्त गरिसकेको जानकारी दिएको छ । यसर्थ, आफ्नो शेयर परिवर्तन गर्न नचाहेमा यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन संस्थापक शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।  तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा संस्थापक तर्फको शेयर परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ । यस वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । १५ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७७ करोड ९६ लाख १६ हजार पुगेको छ । 

सम्बन्धित सामग्री

बिमा कम्पनीको बिग मर्जर

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एकैपटक तीनवटा संस्था गाभिएको भने पहिलोपटक हो । १...

युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।  विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन...

विद्यालयलाई प्राइम लाइफ इन्स्योरेन्सको सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभूत विद्यालयमा अध्यनरत ३५० जना बाल बालिकालाई स्कुल ब्याग वितरण गरेको छ ।यस्तै कम्पनीले सो विद्यालयको भवन निर्माणका लागिसमेत तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले विद्यालयमा भएको कार्यक्रममा नगद तथा विभिन्न सामग्री हस्तान्तरण गरिएको हो । […]

उदयपुरका विद्यार्थीलाई प्राइम लाइफको सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुरको श्री खाट मन्दिर आघारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा विद्यालयलाई नगद सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयमा अध्यनरत तीन सय ५० जना बालबालिकालाई...

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गर्दै बिमितहरुलाई सरल तथा सहज बिमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । आगामी दिनमा थप उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्नसक्षम हुने विश्वास लिएको कम्पनीले जनाएको छ […]

प्राइम लाइफको नयाँ उपशाखा

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ।

प्राइम लाइफ इन्स्योरेन्स बीमा समितिको कारबाहीमा

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको भन्दै आइतबार समितिले इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा  कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी

प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत आइतवारका दिन साधारणसभा सम्पन्न भएको हो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जूममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । साधारण सभाबाट आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरणहरू पारित गरि सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशत  (खुद) का दरले शेयरधनीहरुलाई बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रय...

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]