बागलुङमा ४४५ पदका लागि एक हजार ९१ जना चुनावी मैदानमा

बागलुङ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका ११९ जनाले फिर्ता लिएका छन्। बागलुङको १० स्थानीय तहमा आवश्यक पद ४४५ हो तर यहाँ झण्डै तीन गुणा बढी उम्मेदवारी परेको थियो। नगर प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १,२१० जनाको उम्मेदवारी परेको थियो। सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने ढोरपाटन नगरपालिका रहेको छ। यो पालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा रहेको छ। यो पालिकामा जम्मा १ जनाले...

सम्बन्धित सामग्री

ब्यालेटमा कैद हुँदैछ साढे ११ हजार उम्मेदवारको भाग्य, कति जना हुन्छन् निर्वाचित ?

आज हुने चुनावबाट प्रतिनिधिसभा र प्रदेशसभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

सातौं पटक चुनावी मैदानमा उत्रिएका नेताहरू

२९ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी संविधानमा थ्रेसहोल्डको व्यवस्था गरिएकाले ०७४ मा तुलनात्मक कम उम्मेदवारी परेको थियो । तर […]

५ हजार ६३६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । जस अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावमा भिड्ने छन् भने प्रदेशसभाका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको […]

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा ४ हजार ५३८ जना चुनावी मैदानमा

२२ वैशाख, बारा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख÷अध्यक्ष पदमा १९७, उपप्रमुख÷उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला […]

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख/अध्यक्ष पदमा १९७, उपप्रमुख/उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् । निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगर प्रमुखका लागि १३ जनासहित ७५६ जना र सब

कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले […]

खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा

खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो । १० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १० उपाध्यक्षर/उपप्रमुखका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । ७९ वडाध्यक्षका लागि २७८ जनाको उम्मेद्वारी कायम भएको छ । यस्तै, हरेक वडा

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...