खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो । १० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १० उपाध्यक्षर/उपप्रमुखका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । ७९ वडाध्यक्षका लागि २७८ जनाको उम्मेद्वारी कायम भएको छ । यस्तै, हरेक वडा