रसुवा – रसुवाको ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युतको पहुँच पुगेको छ । जिल्लामा विद्युत् उत्पादन भएको दुई दशक हुनै लाग्दा सबै क्षेत्रमा विद्युत् सेवा पुग्न लागेको छ । अब दुई प्रतिशत घरमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार लाङटाङ र क्यान्जिन क्षेत्रमा विद्युत् पुर्याउन बाँकी छ । त्यहाँ माइक्रो हाइड्रो सञ्चालनमा छ । विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने काम नियमित भइरहेको वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीप...