१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]
अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ ।
मुगु – मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउकी ४२ वर्षीया जानकी रोकायाबीच आज आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो । विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्या...
बारा– नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रबार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा […]
काठमाडौं । शिक्षा मन्त्रालय भन्छः सञ्चालन प्रक्रियामा गएपछि बजेट छुट्याएको हो । सरकारले वामे सर्दै गरेका ४ विश्व विद्यालयलाई झन्डै सवा १ अर्ब बजेट व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका ११ बाहेक ४ नयाँ विश्वविद्यालयलाई सो रकम विनियोजन गरेको हो । सञ्चालन तयारीमा रहेका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, विदुषी योगमाया, नेपाल विश्वविद्यालय […]
कमल थापा नेतृत्वको राप्रपा नेपालले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । हेटौंडामा सम्पन्न पार्टीको वाग्मती प्रदेशस्तरीय भेलाले निजगढमा विमानस्थल निर्माणपूर्व...
कानुनी प्रक्रिया पूरा नहुँदा करोडौं रुपयाँको सखुवाको काठ नियन्त्रित अवस्थामै सडेर जान थालेको छ। विभिन्न समयमा चुरे क्षेत्रबाट बरामद सखुवा र त्यसमा प्रयोग भएका सयौं सवारी साधन भण्डारण गरिएकै स्थानमा सड्न थालेका छन्।...
उक्त आयोजना आगामी चार वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ। सोको लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अ...