मुगुमा पहिलो पटक 'काेर्ट म्यारिज' !

मुगु – मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउकी ४२ वर्षीया जानकी रोकायाबीच आज आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो । विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्या...