कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माककुमारी अर्यालले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर हुने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत दूधमा दुई वर्षभित्र आत्मनिर्भर हुने उल्लेख भएको हुनाले सोहीअनुसार कार्यक्रम बनाएर लक्ष्य पूरा गर्ने उहाँले बताउनुभयो ।