ललितपुर । मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ । शाखामा हाल ७ जनाको उपचार भइरहेको छ […]