'अफ सिजन'मा समेत पर्यटक पुगेपछि सोलुखुम्बुका व्यवसायी उत्साहित

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ हिमालहरुको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष ‘अफ सिजन’मा पनि पर्यटक पुगेका छन् ।   सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र ‘अफ सिजन’मा प्राय सुनसान हुने गर्दछ । तर यसपालि अफ सिजनमा पनि पर्यटक  नियमित हुँदा व्यवसायीहरु उत्साहित भएका छन् । खुम्बुमा वर्षको दुई सिजन बैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक ...

सम्बन्धित सामग्री

कहाँ जान्छन् पर्यटक ?

सेप्टेम्बर महीनामा ९१ हजार विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्‍यो । गत ९ महीनामा झन्डै ७ लाख पर्यटक नेपाल आएको पाइन्छ । यो भनेको करीबकरीब कोरोनाकालअघिकै अवस्था हो । तर, पर्यटन व्यवसायीको भनाइ मान्ने हो भने पर्यटकीय क्षेत्रमा खासै चहलपहल छैन । ९१ हजार पर्यटक आउँदा सौराहाको पर्यटन क्षेत्र सुनसान छ भन्ने व्यवसायीको भनाइ छ । यही महीनामा नै होटेलहरू खाली रहेको व्यवसायीको भनाइ छ । यद्यपि अक्टोबर र नोभेम्बरमा पर्यटक बढ्ने आशा उनीहरूमा छ । नेपाल आएका मध्ये झन्डै आधा पर्यटक पोखरा पुग्ने पर्यटक व्यवसायीहरू बताउँछन् । तर, सेप्टेम्बर महीनामै पोखरा सुनसान भएकाले आफूहरू निराश भएको व्यवसायी बताउँछन् । सौराहा र पोखरामै पर्यटक सुनसान भन्ने व्यवसायीको भनाइ पत्याउने कि पर्यटन बोर्डको तथ्यांक पत्याउने भन्ने अन्योल पैदा भएको छ ।  त्यसो त लुम्बिनीमा पनि पर्यटक खासै छैनन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनेर पर्यटक खचाखच हुन्छन् भन्ने अपेक्षाले त्यहाँ होटेलमा लगानी गरेका व्यवसायी यहाँबाट वायु सेवा सञ्चालन नहुँदा पर्यटक आगमन नभएकाले पुर्पुरोमा हात लगाएर बसेका छन् । नेपालगञ्ज पनि अहिले सुनसान नै छ । कैलाश मानसरोवर यात्रा भारतीय पर्यटकका लागि खुला नगरिएकाले नेपालगञ्जका होटेल व्यवसायी पनि निराश देखिएका छन् । त्यसो भए झन्डै ७ लाख पर्यटक कहाँ गए त ?  नेपाल बाहिर बसोवास गर्ने र उतैको नागरिकता लिएका नेपालीको संख्या बढेको छ । तिनीहरू हवाई मार्गबाट नै नेपाल आउँछन् । तिनलाई समेत गनेर पर्यटकको संख्या तय गरिएको हो भने मात्रै पर्यटन व्यवसायी र बोर्डको तथ्यांक मिल्न सक्छ । अन्यथा पर्यटक संख्या र व्यवसायमा कहीँ कतै केही नमिलेको देखिन्छ । अझ सीमाबाट सडकमार्ग भएर आउने भारतीय पर्यटकको संख्या यसमा कति छ बोर्डको संख्यामा उल्लेख छैन । भारतीयहरू आफ्नै सवारीसाधन लिएर आउँछन् । धार्मिक यात्रुका साथै पोखरा, लुम्बिनी र सौराहाको भ्रमणमा आउने भारतीय पर्यटक पनि प्रशस्तै छन् । करीब ७ सय भारतीय एकैपटक मुस्ताङ पुगेका छन् । यो संख्या पनि यी क्षेत्रको पर्यटनमा उल्लेख्य मानिन्छन् । यी सबै संख्या मिलाउँदा व्यवसायीको भनाइ जस्तो सुनसान नबन्नुपर्ने हो ।  हुन त कोरोना कालपछि होटेल र अन्य पूर्वाधारमा लगानी बढेकाले पनि पर्यटक बाँडिएर व्यवसाय घटेको हुन सक्छ । तर, पुराना व्यवसायीले समेत व्यवसाय नबढेको प्रतिक्रिया दिएकाले यसै भएको हो भन्न सकिँदैन । यो याममा आउने प्राय: पर्यटक पदयात्रामा जाने भएकाले शहरी पर्यटन क्षेत्रमा चहलपहल कम भएको हुन सक्छ । मनाङको होटेल पदयात्रीका कारण भरिभराउ भएको समाचार आएकाले पनि धेरै पर्यटक पदयात्रामै गएका हुन सक्छन् । जेजस्तो भए पनि पोखरा, ठमेलजस्ता क्षेत्रमा पर्यटक अहिले भरिभराउ हुनुपर्ने हो । त्यसैले यसको विश्लेषण गर्नु जरुरी छ । अध्ययनले पर्यटक आगमनको प्रवृत्ति र उनीहरूले रुचाएको क्षेत्र थाहा हुन्छ जसबाट पर्यटनमा सही नीति लिन सहयोग मिल्छ ।

‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित - Nepal Japan

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावा

३५ लाख पर्यटक बस्न होटल तयार

वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार नेपालले विस्तार गरेको छ । देशभरका होटल तथा रिसोर्टले यो संख्यामा पर्यटकलाई सेवा प्रदान गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । मुलुकभरका पर्यटक स्तरीय होटलले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । अन्य साना होटलको समेत क्षमता जोड्ने हो भने यो […]

लामो पुलले बागलुङमा पर्यटकको सङ्ख्या बढाएपछि छायो रौनकता, होटल व्यवसायी उत्साहित

डम्मर बुढामगर- बागलुङ : दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन। जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आएपनि बागलुङ बजारसम्म आउँदैनथे। अहिले बजारमा समेत आन्तरिक पर्यटकको…

पर्यटक घटेपछि सुस्ताउँदै पर्यटन क्षेत्र

म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलम

सौराहामा विदेशी पर्यटक देखिन थालेसँगै पर्यटन व्यवसायी उत्साहित

फागुन ११, चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन शुरु गरेका हुन् । ‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।’  सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ । ‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे’, उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’  पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।  ‘धेरै समयपछि छिटफुट रुपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाही समूहमै आउने गरेका छन्’, उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।’ क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्षसमेत रहेका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताए ।  सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् ।  नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ ।  समितिका अध्यक्ष जीतबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । उनले भने, ‘पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।’ व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उनको भनाइ छ । सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् ।  होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।  सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइँ हुने गरेको छ ।  देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईओटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटक संख्या बढ्दै

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । खप्तडमा दैनिक सयौंको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले बताएको छ । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । ‘अहिले खप्तड हेर्नलायक छ, यहाँका दृश्य अवलोकनका लागि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि गत वैशाखयता खप्तडमा तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्यांक छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरवास होमस्टे तथा विश्रामस्थल निर्माण भएका छन् । यसकारण पनि पर्यटक बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताए । ‘खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आकर्षण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ,’ उनले भने । यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेहरू बढेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । ‘पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौं, सुविधा पाउन थालेपछि पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार अहिले खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् ।   रासस

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्यामा वृद्धि  भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । सुनसान जस्तै बनिरहेको यस पदमार्गमा कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् । केही महीनादेखि दुई÷चार जनाबाट शुरू हुँदै २५/३० जनासम्म आउन थालेका पर्यटक कात्तिकबाट दैनिक दुई हाराहारीमा पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । विदेशी पर्यटक ४० देखि ५० र आन्तरिक पर्यटक १५० देखि २०० जनाको हाराहारीमा पर्यटक पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले बताएको छ । यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘कोरोना संक्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि पर्यटकको सेवामा व्यस्त बन्दै राम्रो आम्दानी गरिरहेका छन्, चिसो समय हुँदासमेत पर्यटक आगमन भइरहेको छ ।’ कोरोना प्रभावित बनेको यहाँ यतिबेला पर्यटकको चहलपहलले केही पैसा भने पनि दैनिक आम्दानी भइरहेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । ‘पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्न समेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि यतिबेला दैनिक १०÷१५ हजार आम्दानी हुँदा धेरै खुशी भएको छु ।’ यस पदमार्ग आसपासको व्यवसाय पर्यटक आगमनले फस्टाइरहेको छ । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकनका साथै मनाङबाट थुम्रापास हुँदै मुस्ताङ र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहरमा रहेको छ । यस पदमार्गका लागि आउने पर्यटकले बेँसीशहर बजारका होटल समेत भरिभराउन हुने गरेका छन्न् । रासस

लकडाउनले होटल व्यवसायी संकटमा

कोरोना महामारीको प्रभावल तेह्रथुम सदरमुकाम म्याङलुङ तथा विभिन्न बजारमा रहेका होटल व्यावसायी संकटमा पर्न थालेका छन् ।कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका कारण सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् । निषेधाज्ञा जारी भएसँगै तेह्रथुमको म्याङलुङलगायत जिल्लाका सबै शहर सुनसान छन् ।आर्थिक वर्ष वर्ष सकिन लाग्दा दैनिक […]

नयाँ वर्षमा पनि पर्यटक नआउँदा व्यवसायी निराश

चितवन । गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् । केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् । जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’ केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् । ‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् । यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो दिनदेखि पर्यटक आए पनि अधिकांश पर्यटक स्थानीय भएकाले व्यवसाय खासै नभएको बताए । ‘यो नयाँ वर्षमा अन्य जिल्लाका पर्यटक आउन सकेनन् । बाह्य पर्यटक पनि शून्य बराबर नै छ,’ उनले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भए पनि यसले व्यवसाय बढ्न नसक्ने उनको भनाइ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ वर्ष आउन १ महीना अघिदेखि नै रूमहरू प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरिभराउ हुन्थे,’ उनले भने, ‘यसपालि त्यस्तो माहोल बन्न सकेन,’ क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । ६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरूपमा खुलेर सेवा दिँदै आए पनि हालसम्म नोक्सान बेहोर्नुपरेको भन्दै भट्टराईले  बाह्य पर्यटक नआएसम्म व्यवसाय नउकासिने बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ ।