कहाँ जान्छन् पर्यटक ?

सेप्टेम्बर महीनामा ९१ हजार विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्‍यो । गत ९ महीनामा झन्डै ७ लाख पर्यटक नेपाल आएको पाइन्छ । यो भनेको करीबकरीब कोरोनाकालअघिकै अवस्था हो । तर, पर्यटन व्यवसायीको भनाइ मान्ने हो भने पर्यटकीय क्षेत्रमा खासै चहलपहल छैन । ९१ हजार पर्यटक आउँदा सौराहाको पर्यटन क्षेत्र सुनसान छ भन्ने व्यवसायीको भनाइ छ । यही महीनामा नै होटेलहरू खाली रहेको व्यवसायीको भनाइ छ । यद्यपि अक्टोबर र नोभेम्बरमा पर्यटक बढ्ने आशा उनीहरूमा छ । नेपाल आएका मध्ये झन्डै आधा पर्यटक पोखरा पुग्ने पर्यटक व्यवसायीहरू बताउँछन् । तर, सेप्टेम्बर महीनामै पोखरा सुनसान भएकाले आफूहरू निराश भएको व्यवसायी बताउँछन् । सौराहा र पोखरामै पर्यटक सुनसान भन्ने व्यवसायीको भनाइ पत्याउने कि पर्यटन बोर्डको तथ्यांक पत्याउने भन्ने अन्योल पैदा भएको छ ।  त्यसो त लुम्बिनीमा पनि पर्यटक खासै छैनन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनेर पर्यटक खचाखच हुन्छन् भन्ने अपेक्षाले त्यहाँ होटेलमा लगानी गरेका व्यवसायी यहाँबाट वायु सेवा सञ्चालन नहुँदा पर्यटक आगमन नभएकाले पुर्पुरोमा हात लगाएर बसेका छन् । नेपालगञ्ज पनि अहिले सुनसान नै छ । कैलाश मानसरोवर यात्रा भारतीय पर्यटकका लागि खुला नगरिएकाले नेपालगञ्जका होटेल व्यवसायी पनि निराश देखिएका छन् । त्यसो भए झन्डै ७ लाख पर्यटक कहाँ गए त ?  नेपाल बाहिर बसोवास गर्ने र उतैको नागरिकता लिएका नेपालीको संख्या बढेको छ । तिनीहरू हवाई मार्गबाट नै नेपाल आउँछन् । तिनलाई समेत गनेर पर्यटकको संख्या तय गरिएको हो भने मात्रै पर्यटन व्यवसायी र बोर्डको तथ्यांक मिल्न सक्छ । अन्यथा पर्यटक संख्या र व्यवसायमा कहीँ कतै केही नमिलेको देखिन्छ । अझ सीमाबाट सडकमार्ग भएर आउने भारतीय पर्यटकको संख्या यसमा कति छ बोर्डको संख्यामा उल्लेख छैन । भारतीयहरू आफ्नै सवारीसाधन लिएर आउँछन् । धार्मिक यात्रुका साथै पोखरा, लुम्बिनी र सौराहाको भ्रमणमा आउने भारतीय पर्यटक पनि प्रशस्तै छन् । करीब ७ सय भारतीय एकैपटक मुस्ताङ पुगेका छन् । यो संख्या पनि यी क्षेत्रको पर्यटनमा उल्लेख्य मानिन्छन् । यी सबै संख्या मिलाउँदा व्यवसायीको भनाइ जस्तो सुनसान नबन्नुपर्ने हो ।  हुन त कोरोना कालपछि होटेल र अन्य पूर्वाधारमा लगानी बढेकाले पनि पर्यटक बाँडिएर व्यवसाय घटेको हुन सक्छ । तर, पुराना व्यवसायीले समेत व्यवसाय नबढेको प्रतिक्रिया दिएकाले यसै भएको हो भन्न सकिँदैन । यो याममा आउने प्राय: पर्यटक पदयात्रामा जाने भएकाले शहरी पर्यटन क्षेत्रमा चहलपहल कम भएको हुन सक्छ । मनाङको होटेल पदयात्रीका कारण भरिभराउ भएको समाचार आएकाले पनि धेरै पर्यटक पदयात्रामै गएका हुन सक्छन् । जेजस्तो भए पनि पोखरा, ठमेलजस्ता क्षेत्रमा पर्यटक अहिले भरिभराउ हुनुपर्ने हो । त्यसैले यसको विश्लेषण गर्नु जरुरी छ । अध्ययनले पर्यटक आगमनको प्रवृत्ति र उनीहरूले रुचाएको क्षेत्र थाहा हुन्छ जसबाट पर्यटनमा सही नीति लिन सहयोग मिल्छ । 

सम्बन्धित सामग्री

पर्यटक बढाऊ

अहिलेसम्मको पर्यटक आगमन दरलाई हेर्दा यो वर्ष सरकारले राखेको लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको छ । सरकारले यो वर्ष १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको छ । सेप्टेम्बरसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । १० लाखको सरकारी लक्ष्य पूरा हुन बाँकी तीन महिनामा ३ लाख ८ हजार पर्यटक आउनुपर्ने […]

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।...

पर्यटक प्रहरीका लागि सेवाकालिन तालिम

पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।...

पर्यटक प्रहरीका लागि सेवाकालिन तालिम

पर्यटक प्रहरीको सेवालाई थप विशिष्टीकरण गराउनु पर्ने आवश्यकता महशुस गरी हालै पर्यटक प्रहरीको लागि सेवाकालिन तालिमको व्यवस्थापन गरीएको छ।...

ऐन संशोधनको माग गर्दै पर्यटक प्रहरी

पर्यटक प्रहरीले आफ्नो पहिचान खोज्न पर्यटक प्रहरी ऐन २०३५ संशोधनका लागि पहल गरेको छ। पर्यटकीय गन्तव्य र पर्यटक दुवैलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले स्थापना भएको ४४ आंै वर्ष पूरा भइसक्दा पनि पर्यटक प्रहरीले आफ्नो परिचयको खोजी गरिरहेको छ।...

मनाङमा पर्यटक बढे

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तीव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ ।अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिइन् । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

मनाङमा पर्यटक

मनाङ, २४ चैत । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ जाँदै विदेशी पर्यटक । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १०० देखि १५० विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । तस्बिरः नवीन लामिछाने÷रासस

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ, फागुन २९। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका छन् । गत सोमबार ३५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टले जनाएको छ । […]

दुई दिनमा १०७ पर्यटक हुम्लामा

– दाने बोहराजिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पर्यटक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पर्यटक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्