नेकपा एस दैलेखका उपसचिव लामिछाने एमालेमा प्रवेश

सुर्खेत । नेकपा एस दैलेखकी जिल्ला कमिटी उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एस दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएकी हुन् । उनीसहित नेकपा एसका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रवीन्द्र प्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका […]

सम्बन्धित सामग्री

नेकपा एस केन्द्रीय सदस्य तुलाधर एमालेमा प्रवेश - NepaliPatra

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी एमालेमा प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । तुलाधरसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

एकीकृत समाजवादीको कमिटी नै एमालेमा प्रवेश

काठमाडौं,२९ चैत । नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेको छ । एमालेमा फर्किनेहरूमा नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण […]

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

नेकपा एसका प्रदेश कमिटी सदस्यसहित काभ्रेका कार्यकर्ता एमालेमा प्रवेश

बनेपा । नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल र मीरा पौडेलसहित सो पार्टीमा आबद्ध जिल्लास्तरीय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । चुनावी अभियान चलिरहेकै बेला बिहीबार आयोजित कार्यक्रममा उनीहरू गठबन्धनको विपक्षमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गोकुल बास्कोटा र प्रदेशसभा उम्मेदवार कुमार खकुरेललाई समर्थन गर्दै नेकपा एस परित्याग गरेका हुन् । उनीहरूसँगै राजेन्द्र पौडेल, […]

नेकपा एस कालिकोटका नेतासहित दुईजना एमाले प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी-समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवासहित कालिकोटका दुईजना एमालेमा प्रवेश गरेका छन् । तिरुवासँगै नेकपा एस कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गरेका हुन् । कालिकोटको रास्कोट नगरपालिका- ५ का स्थायी बासिन्दा दुवैजनालाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गरे ।

धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् […]

नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

काठमाडौं । नेकपा एस स्याङ्जाका पार्टी सचिव टीकाराम नेपाली र अनेरास्ववियूका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाईँसहित दजनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । हिजो एक कार्यक्रमबीच नेकपा एसका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहितको टोलीको एमालेमा प्रवेश गरेको हो । एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी […]