नेकपा एस कालिकोटका नेतासहित दुईजना एमाले प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी-समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवासहित कालिकोटका दुईजना एमालेमा प्रवेश गरेका छन् । तिरुवासँगै नेकपा एस कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गरेका हुन् । कालिकोटको रास्कोट नगरपालिका- ५ का स्थायी बासिन्दा दुवैजनालाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गरे ।

सम्बन्धित सामग्री

नेकपा एस केन्द्रीय सदस्य तुलाधर एमालेमा प्रवेश - NepaliPatra

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी एमालेमा प्रवेश गरेकी हुन् । ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् । तुलाधरसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।

नेकपा एस छाडेका चुँडामणि जंगली एमाले प्रवेश

पोखरा । नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरे । एसमा स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए ।

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

नाम्खा र सिमकोट गाउँपालिकाबाट २६ जना एमाले प्रवेश

सिमकोट – चुनावी प्रचारका क्रममा विभिन्न पार्टीका २६ जना अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेहरू नाम्खा र सिमकोट गाउँपालिकाका रहेका छन्। एमाले सचिव तीर्थराज बोहराले नेकपा माओवादी, नेकपा एस, नेपाली कांग्रेस र स्वतन्त्र गरी २६ जना नेकपा एमालेमा प्रवेश गरेको बताए। उनले नाम्खा र सिमकोट गाउँपालिकाको चुनावी प्रचारका क्रममा एमाले प्रवेश […]

नेकपा (एस) कास्कीका सचिव एमाले प्रवेश

पोखरा– नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे । […]

नेकपा एस कर्णालीका नेता शाही एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् । डोल्पाका नेता शाहीलाई अध्यक्ष केपी ओलीले खादा लगाई पार्टीमा स्वागत गरे । उनीसँगै किसान महासंघका कोषाधक्ष्य जीवनबहादुर शाही लगायतका नेता-कार्यकर्ता पनि एमालेमा आएका छन् ।

धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् […]

नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

काठमाडौं । नेकपा एस स्याङ्जाका पार्टी सचिव टीकाराम नेपाली र अनेरास्ववियूका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाईँसहित दजनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । हिजो एक कार्यक्रमबीच नेकपा एसका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहितको टोलीको एमालेमा प्रवेश गरेको हो । एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी […]

पार्टी परित्यागपछि पोखरेलको टिप्पणी – नेकपा (एस) भनेको कांग्रेसको (एस) हो

हेटौंडा । नेकपा एमाले नेता श्रीधर पोखरेलले नेकपा (एस) भन्ने पार्टी नेपाली कांग्रेसको ‘एस’ रहेको बताएका छन् । दुई दिनअघि एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष परित्याग गरेर बिहीबार एमाले प्रवेश गरेका नेता पोखरेलले शुक्रबार बिहान हेटौंडामा भएको एमाले चुनावी प्रचार कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एस भन्ने पार्टीमा कुनै नीति, विधि र विचार नरहेको दाबी गरे […]