उत्पादन गरेको अर्गानिक तरकारीले बाजुरामा बजार नपाउँदा कृषक मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदान कार्यक्रमबाट तरकारी खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारीले जिल्लामा बजार नपाएपछि उनीहरु मर्कामा परेका हुन् ।
उत्पादन लागतमा वृद्धि भएअनुसार दूधको मूल्य नबढ्दा बागलुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। गाई–भैँसीका लागि आवश्यक पर्ने दाना, चोकरको मूल्य बढे पनि दूधको मूल्य वृद्धि नहुँदा किसान घाटाको व्यापार गर्न बाध्य भएका हुन्। बजार मूल्य र किसानले पाउने दूधको मूल्य आधाभन्दा बढी फरक छ। बागलुङको जैमिनी नगरपालिका–१, कुस्मीशेराका विकास पौडेलले भन्नुभयो, “सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपियाँ आउँछ। त्यही दूध बजारमा १२० रुपियाँमा बिक्री हुन्छ। दुई वर्ष पहिले दूधको मूल्य ५० रुपियाँ पथ्र्यो र पनि किसानको लागत उठ्थ्यो। अहिले दाना, चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका छन्।” यो समस्या विकासको मात्रै होइन, कुस्मीशेराका अन्य किसानको पनि समस्या हो। वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा लाग्नुभएका पौडेलसँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले व्यावसायिक रूपमा पालेका गाईको सङ्ख्या घटाउने र वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। “बिहान तीन लिटर दूध दि
म्याग्दी : बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन्।
डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ…
बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।
नवलपुर । सहजरूपमा यातायातको पहुँच नपुग्दा नवलपुर (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादित सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्याउन नसक्दा कृषक आर्थिक नोक्सानी बेहोर्न बाध्य छन् ।
जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रूपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पुर्याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ ।
सुगम जिल्लाका रूपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायातका साधन पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् । बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पुर्याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकले गुनासो गरेका छन् ।
बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिए । ‘स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पुर्याएर बेच्ने गरेका छन्,’ खरुमगरले भने, ‘यातायात सहज भएको भए सबै सुन्तला विक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।’ किसानले मेहनत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरूमा मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताए ।
कृषकले बोकेर नै सुन्तला बजार पुर्याउने गरेको भए पनि बजारमा व्यापारीले उचित मूल्य नदिँदा थप मर्का परेको उनको भनाइ छ । ‘बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पुर्याउन समस्या छ,’ वडाध्यक्ष खरुमगरले भने, ‘बोकेरै बजार पुर्याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानको गुनासो छ ।’ बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला विक्री गरेर कृषक फर्किनुपर्ने बाध्यता रहेको उनले बताए । रासस
असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ ।
विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।
गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् ।
संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।
गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।
यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।
यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।
नौ ओटा वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध विक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।
गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा विक्री भएको बताइन्छ ।
पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन्’
नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।
लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध विक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा विक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध विक्री हुने गरेको तथ्यांक छ ।
त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध विक्री हुने गरेको बताइन्छ । समग्रमा दूध विक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रू. सात लाख ३५ हजार तथा मासिक रू. दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जानकारी दिइएको छ ।
सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् ।
उनले भने, ‘गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’
लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा शुरु भएको थियो ।
गुरुङको फार्ममा अहिले ३०० ओटा भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।
व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ रू. एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । रासस
आफूहरुले गरेको भैंसीपालन व्यवसायवाट उत्पादित दूधले बजार नपाउँदा यहाँका कृषक चिन्तित भएका छन । उत्पादित दूधले बजार नपाउँदका यस व्यवशायमा लागेका युवा व्यवसायी निराश हुन थालेका छन् ।
भेरी नगरपालिका – २ राङ्सीका मक्कर नेपाली आफूले उत्पादन गरेको दूधले बजार नपाएको र यसको अन्य परिकार बनाउने सीप र ज्ञान नहुँदा यो व्यवशाय छोड्ने सोचाइमा पुगेको बताउनुहुन्छ । एक वर्ष अगाडि दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत शुरु गरेको यस व्यवसायवाट उहाँको दैनिक २० लिटर उत्पादन हुने गरेको छ । तर सदरमुकाम खलंगा टाढा रहेको र नजिकका बजारमा खपत नहुँदा दूधबाट घिउ बनाउँदा निकै घाटा लाग्ने विकको गुनासो छ
लकडाउनका कारण अण्डाको खपतमा कमी आउँदा अण्डा उत्पादक किसान मर्का परेका छन् । लकडाउनका कारण अण्डा खपत हुने बजार पूर्णरूपमा बन्द भएका कारण अत्यन्त कम मूल्यमा अण्डा बेच्नुपर्ने किसानले बताएका छन् ।
बजारमा अण्डाको माग घटेपछि अण्डा सप्लायर्सले कम मूल्यमा पाएको अण्डामात्र खरिद गर्न थालेपछि अण्डा उत्पादक कृषक मर्कामा परेको उद्योगका सञ्चालक प्रकाश सुवेदी रखालले जानकारी दिए ।
सिर्जना अधिकारी
लमजुङ : कोरोना भाइरस संक्रमणको कारण देश लकडाउन भएसँगै लमजुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएपछि कृषक समस्यामा परेका हुन्।
लकडाउनका कारण दूध खपत हुने बजार बन्द भएपछि दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएको भन्दै कृषकहरु...
जुम्ला-विगत चार महिनादेखि जारी लकडाउनले बजार ठप्प हुँदा जुम्लाका प्याज कृषक मर्कामा परेका छन् । हरेक वर्ष आयातित प्याजमै निर्भर जुम्लामा यस वर्ष जुम्लालाई पुग्ने भन्दा बढी प्याज उत्पादन भएको छ । चन्दननाथ नगरपालिका १ तलिचौरका किसानले यस वर्ष मात्रै १ सय मेट्रिक टन प्याज उत्पादन गरेका छन् । तलिचौर गाउँका ७० घरधुरी किसानले करिब […]