लमजुङमा दुग्धजन्य उत्पादन बिक्री हुनै छाड्यो

सिर्जना अधिकारी लमजुङ : कोरोना भाइरस संक्रमणको कारण देश लकडाउन भएसँगै लमजुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएपछि कृषक समस्यामा परेका हुन्।  लकडाउनका कारण दूध खपत हुने बजार बन्द भएपछि दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएको भन्दै कृषकहरु...

सम्बन्धित सामग्री

लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

लमजुङ – दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ। जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ। विस्फाेटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न […]

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घरपालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।      प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गतवर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले बताएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गतवर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेका थिए । त्यस्तै २०७६ सालमा ९ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयको तथ्यांक छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य ८५० देखि ९०० रुपैयाँसम्म रहे पनि किसानले एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँशीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गतवर्ष ९६ क्विन्टल मह उत्पादन गरेका थिए । तर यस वर्ष असोजमा बढी वर्षा भएकाले पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि यस वर्ष मह उत्पादन घटेको बताए । ‘गतवर्ष ४५ ओटा मौरीका घारबाट डेढ क्विन्टल मह उत्पादन भएको थियो, यस वर्ष त झन् मौरी घार थपेर ९० ओटाबाट गत वर्षभन्दा दोब्बर उत्पादन होला भनेको थिए, तर डेढ क्विन्टल मात्र उत्पादन भयो ।’ जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँशीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् । मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरूले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरण वितरण गरेका थिए । जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र बेँसीसहर नगरपालिका–२ मौरी पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा पचास प्रतिशत अनुदानमा गोलासहितका ५०० र खाली घार एक हजार २०० ओटा किसानलाई वितरणका साथै आवश्यक उपकरणसमेत वितरण गरिएको केन्द्रले बताएको छ । रासस

लमजुङबाट १२ करोडको अलैंची बिक्री

लमजुङमा यस वर्ष उत्पादित अलैंचीबाट १२ करोड रुपैयाँ आम्दानी भएको छ । जिल्लामा उत्पादन भएको अलैंची बिक्रीबाट किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका हुन् ।

लमजुङमा अलैँची बिक्रीबाट ५ करोड आम्दानी - Naya Patrika

लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट साढे ५ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा ७ सय १२ क्विन्टल अलैँची उत्पादन भएको र सो बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी...पूरा पढ्नुहोस् »