काठमाडाैं : संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका छन्।अहिले साँझ नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको विरोधमा पार्टी सम्बद्ध युवक,विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका हुन्।नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्द