सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै प्रदर्शन भएको छ । साना ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयक विरूद्ध प्रदर्शन गरेका हुन् । माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले विधेयकको ड्राफ्ट समेत जलाए । सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ । तर, नेकपा एमाले सकारात्मक नभएपछि विधेयकमा अन्योलमा भने कायमै छ ।