तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत

सम्बन्धित सामग्री

गठबन्धनलाई दाङको अर्को उपमहानगरपालिका पनि कठिन, तुलसीपुरमा एमालेको अग्रता बढ्दै

दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनलाई दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका जित्न पनि कठिन पर्ने देखिएको छ । आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ पुर्‍याएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका […]

तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले

दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका अपडेट (३११५८) गन्दा  टिकाराम खड्का (एमाले) : १३०५४गेहेन्द्र गिरी (काँग्रेस) : १२५६७मतान्तर : ४८७उपमेयरस्यानी चौधरी (एम

तुलसीपुरमा गठबन्धनका उम्मेदवार ५८ मतले अघि, उपमेयरमा एमालेको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ ।  वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले एक हजार एक सय ३३ मत प्राप्त गरेका छन् । एमालेका मेयर टीकाराम खड्काले एक हजार ७५ मत प्राप्त गर्नुभएकाे छ । गिरी खड्काभन्दा ५८ मतले अघि हुनुहुन्छ ।  त्यसैगरी उपमेयरमा भने एमालेका स्यानी चौधरीले एक हजार ५६ मत पाउनुभएकाे छ भने गठबन्धनका जोगबहादुर रानाले नाै सय २३ मत प्राप्त गर्नुभएकाे छ ।  तुलसीपुर उपमहानगरपालिका...