तुलसीपुरमा गठबन्धनका उम्मेदवार ५८ मतले अघि, उपमेयरमा एमालेको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ ।  वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले एक हजार एक सय ३३ मत प्राप्त गरेका छन् । एमालेका मेयर टीकाराम खड्काले एक हजार ७५ मत प्राप्त गर्नुभएकाे छ । गिरी खड्काभन्दा ५८ मतले अघि हुनुहुन्छ ।  त्यसैगरी उपमेयरमा भने एमालेका स्यानी चौधरीले एक हजार ५६ मत पाउनुभएकाे छ भने गठबन्धनका जोगबहादुर रानाले नाै सय २३ मत प्राप्त गर्नुभएकाे छ ।  तुलसीपुर उपमहानगरपालिका...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन्।...

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् । उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी […]

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले ३ हजार ७६१ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार राजेश राय यादवले २ हजार १८७ मत ल्याएका हुन् । त्यस्तैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ८५१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार रौशन परविनले २ हजार २३४ मत ल्याएकी छन् । उपमहानगर प्रमुखमा गठबन्धनलाई उछिन्दै १ हजार ५७४ मतले एमालेका साह अगाडी छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवार गुप्ता ६१७ मतले

इटहरीः मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।...

घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...

ललितपुर कोञ्ज्योसोममा एमालेको अग्रता

ललितपुर– ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।  मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका रोहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नौ सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने […]

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

१ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् । आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ […]

चितवनको माडीमा एमालेको अग्रता

चितवनको माडी नगरपालिकामा नेकपा एमाले अगाडि बढेको छ । हालसम्म सो नगरको वडा नम्बर १ र वडा नम्बर ९ मा ३ हजार ४३६ मत मत गन्दा एमालेले अग्रता कायमै गरेको हो । माडी नगर प्रमुखका लागि एमालेका उम्मेदवार ताराकुमारी काजी महतोले १५ सय ६९ मत पाएर अगाडि रहेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेले १३ सय ८२ पाएका छन् । उप मेयरमा काँग्रेसका खेम महतोले १२ सय ६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८ सय ३८ मत पाएका छन् । राप्रपाका मदन पौडेलले ५ सय ९३ मत पाएका छन्

दोलखाको वैतेश्वर गाउँपालिकामा एमालेको अग्रता

दोलखाको वैतेश्वर गाउँपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मतगणनाअनुसार ४१० मत गन्दा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार माधव घिमिरेले १५४ मत पाएका छन् भने काँग्रेसका छवि लामाले ११८ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत (समाजवादी)का तर्फबाट गठबन्धनका उम्मेदवार लक्ष्मण खड्काले ११४ मत पाएका छन् ।त्यस्तै उपाध्यक्षमा एमालेका छवि लामा (सानो)ले ७० मत प्राप्त गरेका छन् भने काँग्रेसकी उम्मेदवार कल्पना उप्रेतीले १११ मत प्राप्त गरेकी छन् । गठबन्धनका उम्मेदवार कल्याण दाहालले ७३ मत प्र

कालीगण्डकी गाउँपालिकामा एमालेको अग्रता

स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले अग्रता लिएको छ । नेकपा एमाले मेयरका उम्मेदवार खिम थापा १२६८ मत प्राप्त गर्दा गठबन्धनकि माया रानाले ३४० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकि साबित्रा कोइरालाले १००४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार बम लामिछाने ५३८ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा […]