साउनको पहिलो सोमबार । हिन्दु धर्म–संस्कार मान्ने महिलाहरूका लागि साउन पवित्र महिना मानिन्छ । बिहे गरेकाले पतिको खुसी र दीर्घ जीवनको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताहरू राम्रो जीवनसाथी पाउने आशामा । सेलेब्रिटीहरू भने साउने व्रतबारे बेग्लै धारणा राख्छन् ।