सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको