ललितपुर : साउनको तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले शिव भगवानकाे भजन कीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन्।काठमाडौंको पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायतका मन्दिरमा विशेष गरी महिला भक्तजनको भीड लागेको थियो।यसैगरी ललितपुरको पाटनस्थित कुम्भेश्वर, सुन कोठीको भृङ्गारेश्वर, ठेचोको ढल्केश्वर, लेलेको तिलेश्वर र पशुपत